Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भरतपुर महानगरपालिका देशकै सर्वकृष्ट महानगर

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा , चितवन । नगर विकास कोष नयाँ बानेश्वर काठमाण्डौंले भरतपुर महानगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । कोषले प्रवाह गरेको ऋण ,पुर्वधार विकास तथा असल ऋणीकोे आधारमा भरतपुर महानगर सहित ४ नगरपालिकालाई उकृष्ट घोषणा गरेको कोषका कार्यकारी निर्देशक मनिराम सिहं महतले जानकारी दिए ।

यहिं फागुन २ गते मनाउन लागेको ३० औ बार्षिक उत्सबमा महानगरलाई सम्मान गर्ने जानएको छ । कोषले महानगरभित्र हुने पर्ने विकास निर्माण ,कार्य दक्षता , कार्यसम्पादन ,सुशासनको सुचकको अधारमा उत्कृष्ट नगरपालिका छनोट गर्ने गरेको महतले बताए ।
संस्थाले दातृ निकायसगँ सम्वन्य गरि नगरपालिकाको विकासमा सर्वसुलव ब्याजदरमा ऋण प्रवाह गर्ने गरेको छ ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले नगर विकास कोषले भरतपुर महानगरलाई उत्कृष्ट घोषणा प्रति खुशी व्यक्त गरिन् ।
भएको छ । थप उर्जा मिलेको छ , उनले भनिन् ,“नगर विकास कोषसगँ भरतपुर महानगर हातेमालो गर्दै अघि बढ्ने छ । भरतपुरका अन्य पुर्वधार विकासको कार्यमा समन्वय गरिनेछ ।
नगर विकास कोषका सहकार्यमा भरतपुरमा लामो समय देखि विभिन्न पुर्वधार निर्माण हुदै आईरहेको छ । कोषकै ऋण सहयोगमा केन्द्रिय वस टर्मिनल भरतपुर निर्माण भएको हो ।


त्यस्तै लायन्स चोकको तरकारी फलफुल थोक विक्रि केन्द्रमा भरतपुर महानगरपालिकाले निकट भविष्यमा वहुउद्देश्य भवन निर्माणको लागि प्रकृया अगाडी बढि रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan