Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देवः विकास बैंकले C-ASBA सेवा संचालनमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १ फागुन । नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशन बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लि.को सहकार्यमा देवः विकास बैंकले फागुन १ गतेदेखि C-ASBA सेवा संचालनमा ल्याएको छ ।

यस बैंकको ४९ वटै शाखातथा सेवा केन्द्रका ग्राहकहरुले यो सेवामार्फत सहज रुपमा धितोपत्र खरिदका लागि आवेदन दिन सकिनेछ । यस सेवाअन्तर्गत लगानीकर्ताहरुले आवेदनगर्दा आफ्नो खाता रहेको शाखा वा नजिकै यस बैंकको शाखा कार्यालयबाट C-ASBA Registration No. (CRN) अनिवार्य रुपमा लिनु पर्ने छ ।

उक्त CRN प्राप्त भए पछि ग्राहक स्वयम आफै अनलाइनमार्पmत आवेदनदिन सक्ने र अनलाइनमार्पmत आवेदन दिन नसक्ने ग्राहकका हकमा यस बैंकको कुनै पनि शाखा कार्यालयमा गई C-ASBA फारम भरी यस प्रणाली मार्पmत आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ ।

यस बैकका सम्पूर्ण ग्राहकहरुलाई यथाशीघ्र नजिकैको शाखा कार्याललयमा सम्पर्क राखी CRN लिनु हुन समेत यसै विज्ञप्ति मार्पmत बैंकले अनुरोध गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan