Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उत्पादनमुुलक कर्जा सम्वन्धी व्यवस्थामा बैंकहरुको असहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १ फागुन । उत्पादनमुुलक कर्जा प्रवाह सम्वन्धी व्यवस्थामा बैंकहरुले असयोग गरेको देखिएको छ । राष्ट्र बैंकले कृषि, उर्जा र पर्यटन क्षेत्रललाई उत्पादनुुलक क्षेत्रमा क्षेत्रमा गणना गर्दा क्रमश १०, पाँच र पाँच प्रतिशत कर्जा अनिवार्य गरेको भएपनि सो अनुुरुप कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालुु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा अनुसार वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १० प्रतिशत, ऊर्जामा पाँच प्रतिशत, पर्यटन क्षेत्रमा पाँच प्रतिशत र बाँकी अन्य प्राथमिकता प्राप्त क्षेत्रमा गरी आफ्नो कुल कर्जाको न्यूनतम २५ प्रतिशत कर्जा २०७५ असारसम्ममा अनिवार्य रुपमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।

यो व्यवस्था अनुसार २०७४ पुस मसान्तसम्ममा कृषिमा छ दसमलव  आठ प्रतिशत, ऊर्जामा तीन दसमलव दुुई प्रतिशत, पर्यटनमा तीन दसमलव चार प्रतिशत र अन्य क्षेत्रमा नौ दसमलव दुुई प्रतिशत गरी कुल कर्जाको २२ दसमलव दुुई प्रतिशत कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह भएको छ ।

यसैगरी भुकम्प पीडितलाई दिने भनेको दुुई प्रतिसत व्याजको सहुलियत कर्जा अन्र्तगत हालसम्म एक अर्ब १२ करोड रुपैयाँ पुुर्नकर्जा प्रवाह उपयोग भएको छ । राष्ट्र बैंकले सोमबार चालुु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा सार्वजनिक गर्दे उक्त कुराको जानकारी दिएको हो ।

भूकम्प पीडितहरूलाई बढीमा दुुई प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७४ पुस मसान्तसम्ममा एक अर्ब १२ करोड पुनरकर्जा उपयोगमा रहेको छ, देखिएको हो ।

यसैगरी नेपाल सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थाहरुमार्फत् प्रवाह गरिने व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा २०७४ पुस मसान्तसम्ममा छ हजार दुुई सय तीन जनाले  छ अर्ब ९१ करोड कर्जा बक्यौता रहेको छ भने ३३ करोड ७३ लाख ब्याज अनुदान प्रदान गरिएको छ ।

सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७४ पुस मसान्तमा यस बैंकले प्रदान गरेको पुनरकर्जा कुल १३ अर्ब २१ करोड उपयोग भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan