Monday 19th of February | २०७४ फाल्गुण ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इण्डियन हिरो सलमानलाई १२ करोड लुटाउने साजिस

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, १ फागुन । बलिउड कलाकार सलमान खान २६ गते आउने भनेर १० हजारसम्मको टिकट बेच्ने सुरसार चलेको छ ।

देश संकटमा छ, संक्रमणमा छ, बाढीपहिरो र भूकम्पबाट राहत भइसकेको स्थिति छैन ।

चुनाव सकियो, सरकार बन्दैछ, यस्तै बेलामा हो लुट्ने र लुटाउने भनेर सलमान खानलाई टुँडिखेलमा उभ्याएर झण्डै २५ करोडको टिकट बेच्ने र १२ करोड सलमानलाई दिएर बाँकी हजम गर्ने साजिस हुँदैन ।

सलमानलाई सुरक्षा दिने कि शान्ति सुरक्षाको स्थिति सुधार्ने ? सलमानलाई लुटाउने कि त्यो रकम देशको फोहर सफा गर्न र अव्यवस्था मिलाउन खर्च गर्ने ?

सलमानलाई हेर्न, उनीसँगै बस्न र फोटो खिचाउन तथा उनका फिल्मी कलाकारिता १२ करोड तिरेर अहिले नै  हेरिहाल्नु पर्ने हतार किन ?

सलमान खानल नेपालीलाई ट्वीट अनुरोधमा लेखेका छन्– नेपाल अब आपकी बारी स्वागत से स्वागत नही करोगे हमारी । सलमान सँगै प्रभु देवा, सोनाक्षी, ज्याकलिन, डेजी शाह र कृति सेनोन पनि आउनेछन् ।

देशमा भोकमरि छ, बाढीपहिरो र भूकम्पपीडत छन् । धुर्मुस सुन्तली चन्दा मागी मागी बस्ती बसाल्दैछन् ।

एकथरि अवसरवादीहरु यही मौकामा देशको २५ करोड लुटेर भारतीयलाई पोस्ने साजिस गरिरहेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan