Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आइजीसाप तान्नेमात्र कि हान्ने पनि ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, १ फागुन । नेपाल प्रहरीका आइजीपी प्रकाश अर्यालले महानगरीय प्रहरी परिसरक प्रमुख एसएसपी रवीन्द्र धानुकलाई तानेर विश्वराज पोखरेललाई पठाइए ।

आफूमाथि कडा कारवाही हुने चाल पाएपछि धानुक ५ दिने छुट्टीमा गएका छन् र उनी छुट्टी लम्ब्याउने तरखरमा लागेका छन् ।

इमान्दार प्रहरी अधिकारीको छाप भएका पोखरेलले जहाँ जहाँ जिम्मेवारी पाए, उनमा घूस खाएको वा अपराधीहरुसँग मिलोमतो गरेको दाग लागेको छैन ।

यसकारण राजधानीमा रवीन्द्र धानुकले गर्न नसेकको निर्माण व्यवसायीको हत्या, गुण्डागर्दी, नवराज सिलवाल पक्राउलगायतका काम फत्ते गरेर राजधानीको सुरक्षा व्यवस्था चुस्त पार्ने  विश्वास धेरैले गरेका छन् ।

रवीन्द्र धानुकले सय जनाको जत्थाले चुडामणि शर्माको घरमा ढुंगामुढा गर्नेलाई समेत छुट दिएको आरोप लागेको छ । कानुनी प्रक्रियाको शासनमा असहयोग गरेको र अनेकन अपराधिक तत्वसँग सेटिङमा काम गर्ने बिगत भएका रवीन्द्र धानुकबारे हेडक्वार्टरमै अव तेरा क्या होगा कालिया भनेर चर्चा गर्न थालिएको छ ।

यद्यपि असाध्यै खाने र मातहतलाई खानदिने, माथिसम्म पु¥याएको धक्कु लगाएर टिकेका धानुकलाई हेडक्वार्टर तानेपछि प्रश्न उठेको छ, सत्य सेवा सुरक्षाको अपमान गर्ने र बदमासी गर्ने अधिकारीलाई बचाउनैका लागि तान्ने, हान्न नसक्ने हो भने सुरक्षा निकाय कसरी मजबुत हुन्छ होला र ?

स्रोतका अनुसार धानुकलाई धवलागिरी सरुवा गरिएको छ तर त्यहाँ पनि उनको गलत बानी सुध्रिन्छ भन्ने विश्वास गर्न सकिन्न ।

आफूले पाएको जिम्मेवारी सफलता पूर्वक निर्वाह गर्न सके भने विश्वराज भावी आइजीपी सम्म बन्नसक्ने ल्याकत र लाइनका अधिकारी पनि हुन्,उनको काममा निर्भर हुनेछ । गोरखा एक्सप्रेसका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan