Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

...खतरा बाजा बजाएर आउँदैन,हामी सचेत छौँ : सैनिक प्रवक्ता भण्डारी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan
newsabhiyan

नेपाली सेना दक्षिण एसियाको सबै भन्दा पुरानो सेना हो । यो सेना नेपाल एकिरणको शुरुवातसँगै बन्न शुरू भएको थियो । यसका संस्थापक राजा पृथ्वीनारायण शाह थिए । हाल नेपाली सेनामा ९७ हजारको हारा हारीमा जनशक्ती रहेको छ ।

आज हरेक वर्षको शिवरात्रीलाई सेनाले सेना दिवसको रुपमा मनाउने गरेको छ । आज शिवरात्रीको अवसरमा ऋषि धमलाले नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सेना दिवसको अवसरमा के भन्न चाहनुहुन्छ ?
नेपाली सेनाले महाशिवरात्री, फुलपाती र घोडेजात्रालाई विशेष दिनको रुपमा मनाउँदै आएको छ । २०४६ सालदेखि महाशिवरात्रीलाई सेना दिवसको रुपमा मनाउन थालिएको हो । यस अवसरमा प्रधानसेनापतिबाट शुभकामना सम्बोधन आएको छ । टुडिखेलमा दिवसका अवसरमा विशेष कार्यक्रम गरिदैछ । देशका विभिन्न स्थानमा पनि सेनाहरुले दिवस मनाइरहेका छन् ।

सेना दिवसमा विदेशी पाहुना पनि आएका छन् ?
भारतीय सेनाध्यक्ष विपिन रावत आउनुभएको छ । उहाँ नेपाली सेनाको मानार्थ महारथी हुनुहुन्छ । आजको कार्यक्रमको विशेष अतिथी पनि हो ।

अहिलेको अवस्थामा राष्ट्रियतामाथि खतरा देखिएको हो ?
नेपाली सेनाको भूमिका के हो भन्ने कुरामा हामी सचेत छौँ । सार्वभौमसत्तालाई सेनाले पहिलो प्राथमिकतामा राखेको छ । राष्ट्रियतामा खतरा छ कि छैन भन्ने विषय चाँही जटिल हो । कुनै पनि खतरा बाजा बजाएर आउँदैन । तर भौगोलिक अखण्डतामाथि आन्तरिक र बाह्य दुवै तर्फबाट खतरा हुन सक्छ । यो कुरा परिस्थिती अनुसार बदलिदै जान्छ । अहिलेको परिप्रेक्षमा अपरम्परागत खतरा कुनै पनि देशका लागि छ । त्यसैले यस्ता खतरको सामना गर्न नेपाली सेना तयार छ ।

पछिल्लो समय नेपाली सेना देश विकासमा खटिएको पाइन्छ । अब नेपाली सेनालाई देश विकासमा बढि प्रयोग गर्न लागिएको हो ?
यो कुरा महत्वपूर्ण छ । नेपाली सेना ९६ हजारभन्दा बढिको संख्यामा छ । सेनाको प्राथमिक र द्धितीय दुईवटा भूमिका हुन्छ । प्राथमिक भूमिका भनेको देशको रक्षा नै हो । दोस्रो भूमिका भनेको अन्य कार्य,जुन संविधानमा पनि छ । जहाँसम्म विकासको कुरा छ, यो अन्य भुमिकाअन्तरगत पर्छ । नेपाल सरकारले जिम्मेवारी दिएअनुसार हामी देश विकासका लागि पनि काम गछौँ । अहिलेसम्म सेनाले २२ वटा सडक निर्माण सम्पन्न गरिसकेको छ । पछिल्लो समय सरकारले काठमाण्डौ तराई द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिएको छ । हामीले दिएको जिम्मेवारीअनुसार काम गरिरहेका छौँ । आवश्यकताअनुसार केही जवानहरुलाई विकास निर्माणका काममा लगाउँछौँ ।

अहिलेको अवस्थामा नेपाली सेनाको भूमिकामा कहीँ कतैबाट बाधा वा दबाब छ कि छैन ?
हामीलाई कुनै दबाब छैन । सरकारले दिएको जिम्मेवारीअनुसार काम गरिरहेका छौँ । सबैतिरबाट सहयोग मिलेको छ । तर देशको रक्षा र विकासका काम गर्दा गर्दै पनि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्वभौमिकताको सवालमा हामी सजग छौँ । नेपालको संविधानअनुसारका जिम्मेवारी पूरा गर्न हामी तयार छौँ ।

नेपाली सेनाको संरचना संघीय ढाँचाअनुसार कहिले बन्छ ?
जुनसुकै देशको सेना केन्द्रबाट नै चल्छ । नेपाली सेना रक्षामन्त्रालयअन्र्तगतको संगठन हो । तर संघीयताअनुसार काम गर्न सहज होस भनेर पृतनाहरुलाई परिचालन गरेका छौँ । संविधानअनुसार, सैनिक ऐन र नेपाल सरकारको आदेशअनुसार नेपाली सेनाले जिम्मेवारी पूरा गर्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan