Sunday 19th of August | २०७५ भदौ ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चर्चा बटुलेका अभिनेता,अभिनेत्रीको कामै छैन्

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १ फागुन ।  बलिउडमा चर्चा बटुलेकै कतिपय अभिनेता/अभिनेत्रीलाई अहिले कुनै काम छैन । उनीहरूलाई कुनै निर्माता तथा निर्देशकले फिल्मका लागि प्रस्ताव नै गरेका छैनन् । यो सूचीमा प्रियंका चोपडादेखि नेहा धुपिया, विपाशा बसु, करणसिंह ग्रोबर र वाणी कपुरसम्म छन्:

प्रियंका चोपडा
प्रियंका चोपडा केही वर्षदेखि हलिउडतिरै व्यस्त छिन् । उनलाई बलिउडमा फिल्मको प्रस्ताव नआउनु यही कारण हुन सक्छ । बलिउडमा उनको पछिल्लो फिल्म थियो, २०१६ मा रिलिज जय गंगाजल । त्यसपछि कुनै फिल्ममा उनलाई अफर आएको छैन । प्रियंकाले बलिउडका अन्दाज, एतर, कृष, डन, दोस्तानालगायत फिल्ममा काम गरिसकेकी छिन् ।

विपाशा बसु
विपाशा बसु कुनै समय बलिउडमा चल्तापुर्जा अभिनेत्रीको कोटीमा थिइन् । तर, अहिले उनका हात खाली छन् । झन्डै तीन वर्षयता उनलाई कुनै फिल्ममा प्रस्ताव आएको छैन । अलोन उनको पछिल्लो फिल्म हो जुन सन् २०१५ मा रिलिज भएको थियो । अजनबी, राज, गुनाह, जिस्म, जमिन, मदहोसी, नो इन्ट्रीलगायत फिल्म विपाशाका चर्चित फिल्म हुन् ।

कोंकणा सेन
२०१७ मा कोंकणा सेन शर्मा चर्चामा रहिन् । कारण थियो, उनको फिल्म दर्शकले मन पराउनु । ‘लिपस्टिक अन्डर माई बुर्का’ बलिउडमा गत वर्ष राम्रै नाफा निकाल्नेमध्ये फिल्ममा प¥यो । तर, कोंकणालाई त्यसपछि अहिलेसम्म कुनै फिल्मको प्रस्ताव छैन । उनी फिल्मको प्रतीक्षामा छिन् । कोंकणाले यसअघि पेज ३, ओमकारा, ट्राफिक सिग्नल, लागा चुनरी मे दाग, वेकअप सिडलगायत फिल्ममा काम गरिसकेकी छिन् ।

जिमी सेरगिल
अभिनेता जिमी सेरगिलको साथमा पनि अहिले कुनै फिल्म छैन । उनी अहिले नयाँ फिल्मको प्रतीक्षामा खाली नै छन् । ‘ये तो टु मच हो गया’ उनको पछिल्लो फिल्म हो । २०१६ मा रिलिज भएको थियो । उनले मोहब्बतेँ, दिल है तुम्हारा, हासिस, उमर, रकिबलगायत फिल्ममा काम गरेका छन् ।

यामी गौतम
यामी गौतमलाई पनि अहिले कुनै फिल्मको अफर छैन । २०१७ मा उनका काबिल र सरकार ३ रिलिज भएको थिए । तर, यसपछि भने उनलाई नयाँ फिल्मको काम आएको छैन । यामीले विकी डोनर, एक्सन ज्याक्सन, बदलापुर, सनम रेलगायत फिल्ममा काम गरिसकेका छन् ।

करनसिंह ग्रोबर
टेलिभिजनमा काम गर्दागर्दै बलिउड छिरेका करनसिंह ग्रोबरले पनि केही फिल्ममा काम गरे । थोरै फिल्ममा अवसर भएका उनी पछिल्लो समय पूरै खाली छन् । झन्डै तीन वर्षदेखि उनलाई बलिउडमा काम मिलेको छैन । २०१५ मा रिलिज ‘हेट स्टोरी ३’ उनको अन्तिम फिल्मको रूपमा दर्ज छ । यसअघि २०१५ मै रिजिल अलोन र २०१२ मा रिलिज आईएम २४ मा काम गरेका थिए ।

वाणी कपुर
वाणी कपुरको साथमा पनि अहिले कुनै फिल्म छैन । उनलाई कुनै नयाँ फिल्ममा अफर नै आउन छाडेपछि बलिउडमा जम्न नसेकेका अभिनेत्रीको कोटीमा वाणी पुगेको चर्चा हुन थालेको छ । बेफिक्रे उनको पछिल्लोपटक रिलिज फिल्म हो । यो २०१६ मा रिलिज भएको थियो । यसअघि २०१३ मा शुद्ध देसी रोमान्समा काम गरेकी थिइन् ।

नरगिस फखरी
नरगिस फखरी पनि २०१६ देखि खाली छिन् । बैँजोपछि उनलाई कुनै फिल्मका लागि प्रस्ताव आएको छैन । २०१६ अघि केही वर्ष उनलाई निरन्तर फिल्म मिलिरहेको थियो । २०११ मा रक स्टार खेलेकी नरगिसले २०१३ मा मद्रास क्याफे र २०१४ मा मै तेरा हिरोमा काम गरिन् । २०१६ मा हाउसफुल ३ र अजहरमा पनि काम पाइन् ।

सायमी खेर
सायमी खेरको पछिल्लो फिल्म मिर्जिया २०१६ मा रिलिज भएको थियो । तर, त्यसपछि उनी पनि खाली छिन् । सायमी बलिउडबाट आफू टाढिएकी होइनन्, उनीबाट फिल्म टाढिएका हुन् । सायमीलाई कुनै फिल्मबाट पनि प्रस्ताव आएको छैन ।

लिसा हेडन
लिसा हेडन पनि २०१६ मै रिलिज ए दिल है मुस्किलपछि खाली छिन् । यो फिल्ममा उनी क्यामियो रोलमा थिइन् । त्यसो त त्यसअघि उनले धेरै फिल्म गरेकी थिइन् । आयशा, रास्कल, क्विन, हाउसफुल ३ लगायतमा काम गरेकी उनलाई अहिले पनि निर्माता/निर्देशकले पत्याएका छैनन् । नयाँ पत्रिकाबाट ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan