Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओलिभियाको एक्सन अवतार

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan
newsabhiyan

अमेरिकी अभिनेत्री तथा मोडेल ओलिभिया मुन अभिनयका लागि चर्चित छिन् ।

छोटो समयको अन्तरालमै निकै फिल्म खेलेकी उनका ‘बिग सटान’, ‘डेट नाइट’, ‘आइरन म्यान २’, ‘राइड अलोङ २,’ ‘एक्स मेन’ चर्चित फिल्म हुन् ।

यतिबेला फेरि उनी ‘एक्स मेनः डार्क फोनिक्स’मा पुनः आउने अड्कलबाजी हलिउड वृत्तमा छ ।

अघिल्लो ‘एक्स मेन’ धेरै पात्र भएको र कथाको गहिराई नसमातेकै कारण समीक्षकहरुको नजरमा नराम्रो भए पनि बक्स अफिसमा भने गर्मागर्मी तताएको थियो ।

पछिल्लोमा ओलिभिया मुनको साइलोक पात्र लिड रोलमा आउने चर्चा छ । सञ्चारमाध्यममा आएका तस्बिरहरुमा उनलाई निकै नै बोल्ड र एक्सन अवतारमा देखिएको छ । फिल्म कस्तो होला ? त्यो त समयले नै बताउला ।
शुक्रबारका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan