Monday 19th of February | २०७४ फाल्गुण ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चिकित्सकले लापरबाहीले बिरामीको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार
newsabhiyan
newsabhiyan

प्रनिश थापा, चितवन, १ फागुन । चितवनको भरतपुरमा रहेको नेशनल सिटी अस्पतालमा पत्थरीको अप्रेशन पछि एक विरामीको मृत्यु भएको छ । चिकित्सकको कमजोरीका कारण गुल्मीका ७० बर्षिय होमलाल भण्डारीको मृत्यु भएको हो ।

शुक्रवार अस्पतालमा भर्ना भएर शनिवार राती भण्डारीको अप्रेशन भएको थियो । अप्रेशन लगत्तै विरामीलाई आइसियूमा राखिएको थियो ।

अप्रेशन पश्चात विरामी होसमा नआई मृत्यु भएपछि चिकित्सकले लापरवाही गरेको भन्दै आफन्त आक्रोशित भएका थिए ।

विरामीका परिवार र आफन्त आक्रोशित भएपछि अस्पताल प्रशासनले आर्थिक प्रलोभनमा घटनालाई गुपचुप पारेको हो । अस्पतालसंग सहमती भएपछि आफन्तले शव वुझेका छन् ।

पिडित परिवारलाई तत्कालै ६ लाख रकम दिने प्रलोभनमा घटना गुपचुप राखिएको स्रोतले जनाएको छ । भण्डारीको डाक्टर निर्मल लामिछानेले अप्रेशन गरेका थिए ।

उनी भरतपुरको क्यान्सर अस्पतालमा समेत कार्यरत चिकित्सक हुन् । यसविषयमा अस्पतालका म्यानेजर विक्रम अधिकारीले अस्पतालको कमजोरी ढाकछोप गर्दै प्रशासनले सुरक्षाको प्रत्याभुती दिलाउन नसकेका कारण विरामीका आफन्तसंग सहमती भएको बताए ।

उनले विरामीको मृत्यु हुुनुमा अस्पतालको कुनै दोष नरहेको दावी गरे । उनले विरामीको उपचारमा लागेको खर्च मिनाहा गर्ने सहमती भएको बताए । तर, क्षतिपूर्तीको विषयमा भने खुलाउन चाहेनन् । उपचारमा संलग्न अस्पतालका एमडी समेत रहेका डा. निर्मल लामिछानेसंग सम्पर्क गर्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन् ।

चितवनका बिभिन्न अस्पतालमा चिकित्सक र अस्पतालको लापरवाहीले विरामीको मृत्यु हुने गरेको भएपनि पैसा र विभिन्न प्रलोभनमा घटना गुपचुप राख्ने गरिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan