Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल–बेलायतबीच पारस्परिक हितका विषयमा विचारविमर्श

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त अधिराज्यका सशस्त्र बलसम्बन्धी राज्यमन्त्री मार्क ल्याङ्काष्टरबीच दुई शताब्दी पुरानो नेपाल–बेलायत कूटनीतिक सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच शिष्टाचार भेट भएको हो । प्रधानमन्त्री देउवाले हाल परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएको छ ।

गत माघ २५ गतेदेखि आफ्नी धर्मपत्नी स्वास्थ्य तथा सामाजिक हेरचाहसम्बन्धी राज्यमन्त्री क्यारोलाइन डाइननेगका साथ नेपालको साताव्यापी भ्रमणमा रहनुभएका ल्याङ्काष्टरले राष्ट्रपति र रक्षामन्त्री तथा नेपाल सरकारका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो । (रासस) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan