Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘आफूलाई सुन, भ्रष्टलाई सुनपानी’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, १ फागुन । नेपालै हल्लिएको, संसद मै बहस चलेको र अनेकन छानबिनबाट भ्रष्टाचार भएको हो भन्ने ठहरलाई समेत नामञ्जुर गरेर हिजोसम्मका अख्तियार प्रमुख दीप बस्नेतले अवकाशमा जानु अघिसम्म पनि भ्रष्टलाई सुनपानी छर्कदै थिए ।

२०६६ सालमा भ्रष्टाचारमा मुछिएका पूर्व आइजीपी उपेन्द्र कान्त अर्यालको फाइल पहिलेकाले दबाए, यिनले तामेलीमै हालिदिए ।

आयल निगमका गोपाल खड्काको फाइल पनि तामेलीमा राख्ने पुरा बन्दोबस्त गरेर अवकाशमा गएका छन् । यद्यपि आन्तरिक राजस्वमा छँदादेखि नै यिनी पनि गोपाल खड्काका तेललगायतका अनेकन व्यापारका भित्री पार्टनर हुन् ।

डेढ अर्वको भ्रष्टाचारमा गोपाल खड्का र अकुत सम्पत्तिमा अर्याललाई बचाउने दीपको दियो, कसलाई थाहा छ र भित्री कुरो के थियो ?

अर्याललाई त उनको आम्दानीभन्दा एक करोड बचत भएको समेत प्रमाणित गरिदिएका छन् यी अख्तियारका प्रमुखजीले । गोरखा एक्सप्रेसका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan