Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सीपी जस्तै भइन्छ की भन्ने त्रासमा वैद्य ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ,१ फागुन । सीपी मैनालीको नेकपा माले समाप्त भयो । अब सीपी चर्चा सकियो ।

यस्तै चर्चा छ वाम नेताहरु विच । देशभक्त गणतान्त्रिक मोर्चा, युरोपेली युनियनको डलरमा रमायो ,यस्तै आरोप छ ।

पुराना माओवादी नेताहरु इन्द्रमोहन सिग्देल, हरिभक्त कँडेलसमेत मोहन वैद्यको विचारको पछि लाग्दा जीवनभरको राजनीति खरानी बनाएका छन् । विचार पिएर हुँदैन ।

संघीयता, गणतन्त्रको संस्थागत विकासका लागि एउटै विचार र राजनीति भएका दलहरुको कार्यगत एकतासँगै पार्टी एकता जरुरी भएर नै माओवादी र एमालेबीच पार्टी एकता अन्तिम बिन्दुमा पुगेको हो ।

पछिल्लो समय सीपी जस्तै भइन्छ की भन्ने त्रासमा वैद्य छन् ? संसद्मा नभएकाहरुबीचमा पनि एकता हुने र सरकारका वामपन्थीहरुलाई खबरदारी गर्न सके राम्रै हो । तर, यो एकता दिगो हुने देखिँदैन । युरोपेली युनियन नआउला भन्न सकिँदैन ।

अहिले उपाय नलागेपछिका दिनमा चुनाव प्रयोग गर्ने र व्यवस्था ध्वस्त पार्नेबीचको एकताको मूल अस्त्र के हो निश्चित छैन । माओवादीलाई भट्टे सराप गरेर राजनीति नटिक्ने भएपछि हिजो चोइटो लिएर गएकाहरुको न त कार्यकर्ता बढाएका छन् न त राज्यसत्ताको भण्डाफोर गर्ने शक्ति बढेको छ । अहिले अस्तित्व बचाउन पनि मालेका सीपी मैनाली, क्रान्तिकारी माओवादीका मोहन वैद्यलाई धौधौ छ ,एक नेताले भने ।

यहीबेला अक्टोबर क्रान्तिका पक्षधर नेकपा मसाललाई समेत एकतामा ल्याउने गरी मोहन वैद्य र नेत्रविक्रम विप्लवबीचमा एकता अगाडिको सहकार्य सुरु गर्ने भनिएको छ ।

तर, सिद्धान्त र विचार यिनको फरक छ । पार्टी एकता कुन सिद्धान्त र विचारमा हुने हो कार्यकर्ता दङ्ग छन् । हिजो वामगठबन्धनमा मिलाउन खोज्दा मोहन वैद्यले १५ सिट, सीपी मैनालीले १५ सिट, नयाँ शक्तिले २१ सिट खोज्दा कहीँ न कहीँ अस्तित्वमा रहेनन् ।

नेपाली काँग्रेससँग चुनावी तालमेल गरेर नयाँ शक्तिले रसुवाबाट प्रदेश सांसद् गोरखाबाट प्रतिनिधिसभा र प्रदेशसभामा १ सिट हात पारेको छ । अहिले नयाँ शक्तिसमेत वामगठबन्धनप्रति नरम बन्न पुगेको छ । तर, संसद्मा स्वतन्त्र भूमिका रहने डा. बाबुरामले बताएका छन् । चुनाव लडेर पनि पत्तासाफ हुने देशभक्त गणतान्त्रिक मोर्चाको हालत के हुने अहिले कौतुहलता बढ्दो छ ।

सीपी मैनालीको मालेको हालत के हुने ? साना दलहरुबाट नेकपा संयुक्त, संघीय समाजवादी, मालेको बहुमत टिम पनि माओवादीमा गयो । परिवार दल, अखण्ड नेपाल पार्टी, मुस्कान सेना एमालेमा प्रवेश गरेर चुनाव अगाडि नै सेटल भएका छन् ।

परिवार दल र नेकपा संयुक्तले एकएक स्थान समानुपातिकबाट संयुक्त पार्टीबाट सांसद् बन्ने भएका छन् । तर, अब्बल क्रान्तिकारी बनेर आफ्नो हैसियतको पत्तो नपाउँदा यो अवस्था भयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan