Thursday 15th of November | २०७५ कार्तिक २९ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan

उर्लाबारी, मोरङ, १ फागुन ।   मोरङको धनपालथान गाउँपालिका–६ स्थित रंगेली– विराटनगर सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट आज बेलुका एक युवकको मृत्यु भएको छ ।

मृत्युहुनेमा सुनवर्षी नगरपालिका घर भएका १९ वर्षीय मनिष सुवेदी रहेका छन् । विराटनगरबाट रंगेलीतर्फ आउँदै गरेको को१०प ९६३९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको नम्बर खुल्न नसकेको ट्र्याक्टरले ठक्कर दिँदा गम्भीर घाईते भएका सुवेदीको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । 

सुवेदी मोटरसाइकल पछाडि बसेका थिए । मोटरसाइकलका चालक भने सकुशल रहेका छन् । ठक्कर दिने ट्र्याक्टरसहित चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  (रासस) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan