Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुपरस्टार पिताका बेरोजगारी सन्तानहरु यी हुन्

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ६ आइतबार |
newsabhiyan
newsabhiyan

एजेन्सी, ६ फागुन । पिता, पुर्खाको विरासत पाउन त सजिलो छ, तर थेग्नचाहिँ गाह्रो । नपत्याए, यी बलिउड सुपरस्टारका छोरा छोरीलाई हेरे पुग्छ । आमा र र बुबा नै सुपरस्टार भएपछि छोराछोरीले त्यो भन्दा अग्लो फड्को मार्नुपर्ने हो । तर मानवीय जीवनमा यो सर्त लागू हुँदैन ।

बलिउड स्टार किड्स कसरी यसको अपवाद हुनसक्थे । यदि त्यसो हुँदा हो त, धमेन्द्रकी छोरी ईशा देओलले धुम मच्चाउनुपर्ने हो । गोविन्दाकी छोरी नर्मदा आहूजाले आगो लगाउनुपर्ने हो । मिथुन चक्रवर्तीका छोरा महाअक्षयले उधुम मच्चाउनु पर्ने हो । जबकी यी छोराछोरीहरु बलिउडमा चम्कन त सकेका छैनन् नै, कति बेरोजगार पो छन् ।

ईशा देओल : बलिउडको फ्लप स्टार किड्समा ईशा देओलको नाम अगाडि आउँछ । उनी आफ्ना जमानाका सुपरहिट हिरो धर्मेन्द्र र स्वप्न सुन्दरी हेमा मालिनीकी छोरी हुन् तर उनले बुबा आमाको विरासत थाम्न सकिनन् । उनी फ्लप हिरोइनमा हेरिइन् ।

नर्मदा : गोविन्दा आफैमा चल्तापूर्जा हिरो थिए । तर, उनकी छोरी नर्मदाले बुबाको लोकप्रियतालाई क्यास गर्न सकिनन् । अहिलेसम्म उनले आफूलाई चिनाउन बुबाकै नाम जोड्नु परेको छ ।

महाअक्षय : मिथुन चक्रवर्तीजस्ता एक जमानाका हिट हिरोको छोरा महाअक्षय पनि अहिले गुमनाम छन् । हुन त सन् २००८ मा उनले एक फिल्म खेलेका थिए । तर, फिल्म चलेन । उनी पनि चल्न सकेनन् । भनिन्छ, महाअक्षय अहिले बंगाली फिल्ममा थन्किएका छन् ।

वास्तविकता पंडित : बलिउडका दिग्गज अभिनेता राजकुमारकी छोरी हुन्, वास्तविकता पंडित । उनले बलिउडमा एकाध फिल्म खेलिन् । तर चलेन । जब बलिउडबाट आफूलाई चिनाउन सकिनन्, उनी पनि हराइन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan