Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी दुर्घटनामा वडाध्यक्षको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ६ आइतबार |
newsabhiyan
newsabhiyan

चितवन, ६ फागुन  । पूर्वी चितवनको रत्ननगरस्थित शान्तिचोकमा आज साँझ सवारी दुर्घटना हुँदा खैरेनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय विश्वविजय बस्नेतको मृत्यु भएको छ ।

दुर्घटनामा परी सोही नगरपालिका वडा नं ४ का वडाध्यक्ष ४५ वर्षीय नरेन्द्र अधिकारी र सोही नगरपालिका वडा नं १२ निवासी नगरपालिकाका गाडी चालक २८ वर्षीय राजकुमार अधिकारी गम्भीर घाइते हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जनकारीअनुसार पूर्वबाट रत्ननगरतर्फ आउँदै गरेको ना ३ च ९८४० नं को तरकारी बोकेको पिकअप भ्यानले टाँडीबजारबाट पूर्वतर्फ जाँदै गरेको खैरेनी नगरपालिकाको बा २ झ १३४४ नंको सरकारी गाडीलाई ठक्कर दिएको हो ।

घटनामा गम्भीर घाइते भएका बस्नेतको चितवन मेडिकल कलेजमा उपचारका क्रममा साँझ ८ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेद्वयको सोही मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुई गाडी एकापसमा ठोक्किएपछि सोही सडकमा गुडिरहेको बा ४ ख १७४८ नंको टिपर आफैँ अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ठोक्किएर खैरेनी नगरपालिका–१ का ४५ वर्षीय साइकलयात्री रामबहादुर दराई घाइते हुनुभएको छ । उहाँको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।  रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan