Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संघीय संसद्को प्रथम अधिवेशन आह्वान

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ७ सोमबार |
newsabhiyan

काठमाडौँ, ७ फागुन (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा यही फागुन २१ गते सोमबार संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा सो दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा संसद्को अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

नयाँ संविधानबमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद् आह्वान भएको यो पहिलो पटक हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan