Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

क्यारेबियन अन्तरकलेज क्रिकेट भोलिदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ८ मंगलबार |
newsabhiyan

काठमाडौं,८ फागुन । क्यारेबियन कलेजको आयोजनामा क्यारेबियन अन्तरकलेज टि– ट्वेन्टी क्रिकेट प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा विभिन्न १५ कलेजका १६ छात्र टिमको सहभागिता रहने आयोजकले जनाएको छ । नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु पुल्चोक इन्जिनिएरिङ कलेजको मैदानमा हुनेछ ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट व्यट्सम्यान र बलरलाई ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल फागुन १८ गते हुनेछ ।

मैत्रीपूर्ण चेस बुधबार

काठमाडौं । नेपाल चाइना जुनियर फ्रेन्डसीप स्कुल टिम च्याम्पियनसीप बुधबार अन्नपूर्ण स्कुलमा हुने भएको छ । काठमाडौं चेस क्लबको तत्वाबधानमा हुने प्रतियोगितामा नेपालका लगभग १२  टोलीको सहभागिता रहने छ भने चिनको एक टोली सहभागि हुने छ । प्रतियोगिता स्वीस लिगको आधारमा पाच चरण्को हुने छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan