Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रमेश र सुनतामी परियार ‘हाम्रो माया अजम्बरी’ को भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ९ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाली सागितिक क्षेत्रको विकाशमा टेवा पुयाउदै आएको भैरव कालिका म्युजिक प्रालि.को प्रस्तुतिमा रमेश विश्वकर्मा र राजेश खनालको संयुक्त कोशेली  ‘हाम्रो माया अजम्बरी’  गीतको भिडियो गायक रमेश विश्वकर्मा र सुनितामी परियार को सुमधुर आवाजमा रहेको गीत बजारमा आएको छ ।

कतिपय जोडीको प्रेममा निस्वार्थ प्रेम र सच्चा साथीको रुपमा आएर उदारणिय बनेको कयौ उदाहरणहरु पनि रहेको छ । त्यस्तै कल्पना गरेर रमेश विश्वकर्माले आफनो माया पनि अजम्वरी हुने चाहना व्यक्त गरेका छन् ।

अहिलेको समयमा स्वार्थगत माया लगाउंदै जस्लाई भेट्यो म तिम्रै हुँ भन्ने युवा जमात धेरै देखिन्छ, तर जिवनमा साथ र सहयोग गर्ने बाचा गरिएपनि रुहाउने मानिसको जमात अत्याधिक नै रहेको छ ।

त्यसभन्दा विलकुल फरक रहेर आफनो माया निरन्तर कालजयी बनोस भनेर गीतमा रमेश विश्वकर्माले शब्द भरेका छन् । जय देवकोटाको संगित गीतमा रहेको छ ।

गितको अडियोलाई भैरवकालिका म्युजिक प्रालि.ले बजारमा ल्याएको हो ।  भिडियोमा राजेश खनाल र लक्ष्मी मुखियाको अभिनय रहेको छ ।

भिडियोलाई रमेश विश्वकर्माले निर्देशन गरेका हुन् भने सुजन न्यौपानेको छायांकन र उत्तम कुमार कार्किले सम्पादन  गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan