Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बलिउडका सलमान खान देखाएर यसरी हुँदैछ लुट : एउटा टिकटकै २० हजार

सुरक्षा प्रवन्धका बारेमा आयोजकलाई कुनै मतलव छैन्

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ९ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ९ फागुन । भारतिय कलाकार अर्थात बलिउडका सलमान खान देखाएर लुट हुँदैछ । एउटा टिकटकै २० हजार सम्म असुलिदैछ । कार्यक्रमको कुनै निस्चितता छैन् ।

तै पनि रकम असुल्ने काम भइरहेको छ । सरोकार निकाय ,प्रहरी प्रशासन मुक दर्शक बनेको छ । के यसरी खुलेआम लुट मच्चाउन पाइन्छ । आम नागरिकले प्रश्न उठाउन थालेकाछन् ।

फागुन २६ गते टुँडिखेलमा बलिउडका हिरो सलमान खान र उनको टिमलाई उतारेर नेपाललाई लुटाउने राम्रो प्रबन्ध गरिएको छ ।

५ हजारदेखि २० हजारसम्मका टिकट खरिद गर्ने लाइन लागेका छन्, हिरोका छेउमा बस्न र सेल्फी खिच्नका लागि नेपालीको मरिहत्ते देखेर आश्चर्य प्रकट गर्न सकिन्छ । आयोजकले २५ करोडभन्दा बढीको टिकट बेचेर १२ करोड त हिरोलाई नै दिने भएका छन् । राष्ट्रिय संकट र समस्याप्रति संवेदनहीनता बढाउने यो फिल्मी कार्यक्रमले सुरक्षाकर्मीलाई समेत दुरुपयोग गर्ने खतरा छ ।

त्यसै गरी राजधानीको सुरक्षा मजबुत पार्न विश्व पोखरेललाई जिम्मेवारी भर्खर दिएको नेपाल प्रहरीले विदेशी हिरोको सुरक्षामा खटिनुपर्ने बाध्यता आउन लागेको छ ।

सलमान खानले मुम्बईबाट नेपाल अब आप्की बारी स्वागत से स्वागत नही करोगे हमारी भनेर फिल्म र फेसन प्रेमीहरुलाई उत्साहित पारेका छन् । सलमान खान, प्रभु देवा, सोनाक्षी, ज्याकलिन, डेजी शाह र कृति सेनोनका साथ आउने निश्चित भएको खबर छ ।

तर यती ठुलो कार्यक्रमका लागि सुरक्षा प्रवन्धका बारेमा आयोजकलाई कुनै मतलव छैन् । तस्विर रकम उठाउनका लागि अनामनगर स्थित भाटभटेनी अगाडि राखिएको काउन्टर हो । 

यो पनि पढ्नुहोस् ।  इण्डियन हिरो सलमानलाई १२ करोड लुटाउने साजिस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan