Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका अन्जु पन्तको बदनामी...को भिडियो सार्बजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । अहिलेकी चर्चित र व्यस्त गायिका अन्जु पन्तको आवाजमा रहेको बदनामी...बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । बिक्रम के.सी.को शब्द तथा संगीत रहेको गीतको भिडियो लाई सेलिब्रेटी नेपालले निर्माण गरेको हो ।

सुरेश काफ्लेले छायांकन तथा निर्देशन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोमा कृति भट्टराई,बुद्धि श्रेष्ठ र एलिजा बुढाथोकीको अभिनय रहेको छ । भिडियोमा एउटी नारीको पिडा र बेदना प्रस्तुत गरिएको छ ।

अन्जु पन्त नेपाली फ्गीत संगीतमा अहिलेको चर्चित नाम हो । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई..., म तिमी बिना मरीहाल्छु, सुर्के थैली खै,तिमि रोएको पल आदि रहेका छन् ।

उनले दर्जनौं नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् ।

पाँचथरको आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अन्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan