Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एलएकी श्रीयालाई स्वर्ण,लेखा सम्बन्धी सफ्टवेयर तालिम

विकास र इन्द्र सेमिफाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १० बिहिबार |
newsabhiyan

काठमाडौं । 
आयोजक लिटिल एन्जल्स स्कुल (एलए) की श्रीया लामाले दोश्रो एलए अन्तरविद्यालय कराते प्रतियोगिताको गल्र्स २० केजीमा बिहीबार स्वर्ण जितेकी छन् । फाइनलमा श्रीयाले आफ्नै स्कुलकी जिबिका भण्डारीलाई पराजित गरिन् ।
गल्र्स २५ केजीमा हेभेनकी दिप्ती पराजुलीले नारायन्जनकी सजिना मगर, ३० केजीमा बेसिक एकेडेमीकी दीपा राईले नारायन्जनक सरिशा तामाङ तथा एकल कातामा नारायन्जनकी सन्जु देशारले एलएकी सीमा खड्कालाई फाइनलमा हराउदै पहिलो स्थान हात पारे ।
ब्वाइज २० केजीमा आईजे पायोनियरका सम्राट न्यौपानेले एलएका ओम खत्री, २५ केजीमा बाल अंकुरका सुमित पाख्रिनले लुभूका सीताराम थापा, ३० केजीमा एम्सका निशान तामाङले बेसिकका रजिन्द्र राई, ३५ केजीमा नारायन्जनका मनीष कार्कीले आईजे पायोनियरका अनिल सुन्दासलाई उपाधि भिडन्तमा पाखा लगाउदै स्वर्ण जिते ।
प्रतियोगिताको प्रतिनिधि सभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सो अवसरमा फेब्रुअरी १६ र १७ तारिखमा जर्मनीको बर्लिनमा भएको बर्लिन ओपन इन्टरनेसनल कराते प्रतियोगिताका स्वर्ण विजेता मल्लिका थापा, अनु अधिकारी र मुकुन्द्र महर्जन तथा कांस्य विजेता मन्डेकाजी श्रेष्ठलाई सम्मान गरिएको थियो । कुमुते र कातामा डब्लुकेएफ जज ‘बी’ मा उत्तीर्ण हुन सफल प्रकाशमोहन धौभडेल पनि सम्मानित भए ।
दुईदिने प्रतियोगितामा काठमाडौं, ललिपतुर, भक्तपुर र काभ्रेबाट जम्मा २ सय खेलाडीले विभिन्न २५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको एलएका कराते प्रशिक्षक समेत रहेका सागका दोहोरो स्वर्णधारी दीपक श्रेष्ठले जनाएका छन् ।

लेखा सम्बन्धी सफ्टवेयर तालिम
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को आयोजनामा लेखा सम्बन्धी सफ्टवेयर तालिम बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
बदलिदो परिवेश अनुसार नयाँ ढंगले काम गर्नु पर्ने आवश्यकतालाई मध्यनजर गरी सञ्चालन गरिएको तीनदिने तालिममा पाँच विकास क्षेत्र, केन्द्र, काठमाडौं, ललितपुर र भक्तपुरमा लेखा सम्बन्धी कार्यमा संलग्न ४० कर्मचारी सहभागी छन् ।
राखेपका सदस्य–सचिव केशवकुमार विष्टले तालिमको एक कार्यक्रमबीच उद्घाटन गर्दै बदलिदो प्रविधि अनुसार काम गर्न आवश्यक भएकाले तालिमको आयोजना गरिएको बताए । उनले आफूले सिकेको ज्ञान आफूमा मात्र सीमित नराखी अरुलाई पनि सिकाएर ज्ञान बाँडनु पर्ने आवश्यकता औलाए ।

विकास र इन्द्र सेमिफाइनलमा
आयोजक किङ कम स्पोर्ट्स क्लबका विकास राई र इन्द्र महताको जोडी आठौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
उक्त जोडीले आफ्नै क्लबका सुवास लिङडेन र सन्तोष राईको जोडीलाई २१–१७ र २१–५ को सोझो सेटमा पराजित गरे ।
अर्को क्वाटरफाइनलमा देवीनगर क्लबका सफर सुब्बा र तुलसी पुरीको जोडीले नेपाल प्रहरी क्लबका पूर्ण थापा र नेपाल एपीएफ क्लबका निराजन देवकोटालाई २०–२२, २१–१३ र २१–५ को सेटमा हराउदै सेमिफाइनल यात्रा तय गरे ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan