Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

होप भ्यालीमा बास्केटबल,लोयल्टी ‘ए’ र हिमालय सेमिफाइनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १० बिहिबार | किङस र एनइसी विजयी
newsabhiyan

काठमाडौं । 
 होप भ्याली स्कुल (एचभीएस) को आयोजनामा तेश्रो एचभीएस अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइजमा १२, सिनियर गल्र्समा ६ तथा जुनियर ब्वाइजमा ७ गरी २५ टिमको सहभागिता रहने होप भ्यालीका प्रिन्सिपल एकराज कोइरालाले जनाएका छन् । सिनियर ब्वाइजलाई ४ तथा बाँकी दुई विधामा सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आरधारमा खेल खेलाइने छ । तीनदिने प्रतियोगिताका खेलहरु इमाडोलस्थित आयोजककै कोर्टमा हुनेछ ।

लोयल्टी ‘ए’ र हिमालय सेमिफाइनलमा
आयोजक लोयल्टी एकेडेमीको ‘ए’ टिम र हिमालय आठौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र नकआउट फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लोयल्टी ‘ए’ ले टीआईएलाई २–० गोलले पराजित ग¥यो । लोयल्टी ‘ए’ का निराजन लिम्बू र सुशान्त गुरुङले १–१ गोल गरे । हिमालयले विद्या संस्कारलाई २–१ गोलले हरायो । हिमालयका क्षितिज लामा र इसान कार्कीले १–१ गोल गरे । विद्या संस्कारका महक लामिछानेले १ गोल फर्काए ।
सिद्धार्थ बनस्थलीले आयोजक लोयल्टी ‘बी’ लाई टाइब्रेकरमा ३–२ गोलले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का ग¥यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो ।

किङस र एनइसी विजयी
किङस कलेज र नेपाल इन्जिनिएरिङ कलेज (एनइसी) ‘ए’ ले क्यारेबियन कप अन्तरकलेज टि– ट्वेन्टी क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन् ।

किङसले हेन्रीफोर्ड कलेजलाई ४० रनले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको किङसले १९.३ ओभरमा अलआउट हुनुअघि १ सय ३९ रन बनाएको थियो । रोहन साहले सर्वाधिक २४ रन योगदान गरे । किङसका आकाश केसी ‘म्यान अफ द म्याच’ चुनिए । उनले २० रन बनाउनुका साथै २ विकेट लिए ।
जवाफमा हेन्रीफोर्डले पूरै ओभर खेल्दै ७ विकेट क्षतिमा ९९ रन बनायो । विशालबाबु अधिकारीले ४२ रन बनाए ।

अर्को खेलमा एनइसीले काठमाडौं फरेस्ट्री कलेजलाई १ सय १६ रनको फराकिलो अन्तरले हरायो । एनइसीले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १ सय ५६ रनको योगफल खडा ग¥यो । सचिन जैशवालले २८ रन जोडे । ह्याट्रिक विकेट लिएका एनइसीका सुरज चन्द ‘म्यान अफ द म्याच’ बने । फरेस्ट्री १४ ओभरमा अलआउट हुँदै मात्र ४१ रनमा समेटियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan