Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘समृद्धिको लागि हातेमालो गर्न बैंकहरु कुरेर बसेका छन्’ : का.मु. सिईओ मनोज ज्ञवाली

‘पैसा खोपामा होइन बैंकमा राख्नु पर्छ’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ११ शुक्रबार |
newsabhiyan
newsabhiyan

परिवर्तित समय अनुसार मानिसहरु बैंकिङ क्षेत्रमा आर्कषित हुँदै गएका छन् । बैंक मार्फत कारोबार गर्दा सहज हुने भएकाले शहर केन्द्रीत क्षेत्रमा अधिकाशं मानिसहरु बैंकबाट नै आफ्नो कारोबार गर्छन । तर अझै पनि ग्रामिण क्षेत्रमा बैंकको पहुँच पुग्न सकेको छैन् ।

जहाँ गाउँका मानिसहरु अहिले पनि खोपा र दराजमा पैसा थन्याएर बस्ने गरेका छन् । सरकारले ७ सय ५३ वटा स्थानीय तहमा नै अनिवार्य रुपमा वैंकको शाखा स्थापना गर्ने घोषणा गरेको छ । तर पनि अझै पनि आधा भन्दा बढी स्थानीय तहमा बैंकका शाखा विस्तार हुन सकेको छैन् । बैंकका शाखा विस्तार हुन नसक्नुको पछाडि सरकारी नीतिकै कारण देखिएको छ ।

सरकारले अहिले पनि विकास बैंकलाई सरकारी खाता सञ्चालन गर्ने अनुमति दिएको छैन् । जसको कारण सहज रुपमा शाखा विस्तार गर्न तयार भएका विकास बैंकहरु जान सकिरहेका छैनन् । कमर्सियल बैंकले मात्र सरकारी खाता सञ्चालन गर्न पाउने प्रावधान रहेको छ ।

कमर्सियल बैंकहरु ठूलो बजार भएको स्थानमा मात्र जान खोज्ने र विकास बैंकलाई अनुमति नदिदा स्थानीय तहमा बैंकको शाखा विस्तार गर्न अझै समय लाग्ने देखिन्छ । यसै विषयमा ज्योति विकास बैंकका  का.मु. प्रमुख कार्यकारी अधिकृत (सिईयो) मनोज ज्ञवालीसँग ज्योति विकास बैंकको अवस्था, संघीय प्रणालीमा अबको बाटो र आगामी लक्ष्यको विषयमा केन्द्रीत रहेर न्यूज अभियानले गरेको कुराकानी :–

सात प्रतिशतमा लिएको लोन आज बैंकहरुले बढाएर चौध प्रतिशतसम्म पु¥याए नि किन ?
वास्तवमा म बैंकर भएर बैंकरको विपक्षीमा बोलेकोजस्तो होला । बैंकहरुले राम्रोसँग विजनेस गर्न नसकेको मार आज कस्टमरले खेप्नु परेको छ । बैंकहरुको विजनेश निकै सेभ छ । कतिपय देशमा १५ बर्षको लागि चार प्रतिशतमा लोन लियो भने बढदैन ।

फिक्स नै हुन्छ । तर हाम्रोमा फिक्स रेटमा लोन दिदैनौ ।  सुरुमा कस्टमरलाई सस्तो रेटमा लोन दिन्छौ भनेर प्रचार गछौ । कस्टमरहरु पनि धेरैको संख्यामा आउछन् । सस्तोमा लोन पाइयो भनेर लिन्छन पनि । लोन लिएपछि कस्टमरहरु त बाँधिन्छन् ।

अलिकता मनोपोली बैंक तथा वित्तिय संस्थाहरुले गरेका छन् । तर ज्योती विकास बैंकले रेट घटदा घटाएका छौ । हामीले चार महिनामा नै चाही बढाउने गरेका छैनौ ।  

नेपालको बैंकिङ मार्केट बढ्दै गएको छ । तर बैंकहरुले उपभोक्तालाई सेवा दिने भन्दा पनि नाफामुखी नै बढी देखिए होइन  ?
हामी सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गछौं भन्ने कुरा निकै गम्भीर कुरा हो । मैले आफूले डिसिजन लिएर अगाडि जादा कस्टमरलाई भन्दा पनि बैंकलाई कसरी फाइदा हुन्छ भन्ने मानसिकताले मात्र सोच्ने गरेको छु । सबै बैंकहरुले यसरी नै डिसिजन गरेको अवस्था छ ।

एउटा बैंक मात्र फरक  बाटो हिडन सक्दैनन् । यसको लागि समग्र प्रणालीमा सुधार ल्याउनु पर्ने आवश्यकता छ । सुरुमा ६ प्रतिशतमा दिएको अटो लोन अहिले १७ प्रतिशत पुग्दा पनि तिरिरहेका छन् । नियमनकारी निकायले ध्यान दिनुपर्छ ।

यसमा बैंकको व्यवस्थापनमा रहेका पदाधिकारीहरुको कार्य क्षमतामाथि प्रश्न उठाउन सकिन्छ कि सकिदैन ?
कतिपय केसहरुमा होइन भन्दिन । हामीले हरेक पटक निर्णय गर्दा आफ्नो बैंकलाई मात्र केन्द्रमा राखेर हे¥यौ । डिपोजिटको रेट तानातान गर्दा पनि समस्या छ । हामीले सिस्टमलाई पनि हेर्नुपर्ने आवश्यकता छ ।

बैंकरहरुको काम  डिपोजिटका लुछाचुडी मात्र भयो तर मार्केट बढाउने काममा खासै ध्यान नगएको  भन्ने आरोप छ नि ?
ठयाक्कै मार्केटमा नजाने भन्ने कुरा पनि होइन । हामी डिपोजिटको लागि मार्केटमा पनि गएका छौं । हामी मकवानपुरको फापरवारी भन्ने ठाउँमा गएर सेवा दिइरहेका छौं । अहिलेसम्म त्यहाँ कुनै बैंक पुगेको छैन् । त्यहाँ बैंकको बारेमा सिकाउनु पर्ने अवस्था छ ।

सरकारको नीति नै बनाएर प्रत्यक गाउँपालिकामा बैंक पु¥याउने लक्ष्य लिएको छ । अब हामीले गाउँका मानिसहरुले खोपामा थैलीमा राखेको पैसा पनि बैंकमा ल्याउनु प¥यो । त्यसको लागि बैंकिङ क्षेत्र ग्रामिण क्षेत्रमा जाने तयारीमा छ र गइरहेको पनि छ । डेढ बर्ष अघि ज्योती विकास बैंकको १७ वटा शाखा थियो । अहिले पचास वटा शाखा पुगेको छ । हामीले कस्टमर त बढाएका छौं । तर अहिले हामीले गरिरहेको प्रयास पर्याप्त छैन् ।

गाउँघरमा थन्किएर बसेका पैसालाई कसरी बैंकसम्म ल्याउने त ?
गाउँघरमा परम्परागत सोच के छ भने बैंक खुल्दा मात्र पैसा पाइन्छ । आफूलाई अपठ्यारो पर्दा पैसा पाइदैन भन्ने मान्यता छ । हामीले त्यस्तो क्षेत्रमा एटिएम राखिदिएका छौं । एटिएम पनि सबैलाई चलाउन आउदैन । जनचेतनाको अभाव छ । 

मानिसहरुले विस्तारै एटिएमबाट पनि पैसा आउछ भन्ने थाहा भएपनि खुसीको साथ बैंकमा बचत गर्न थाल्छ । यो जनचेतना विस्तारै आउछ । पचास हजार रुपैयाँ खोपामा राख्दा मुसाले काट्यो भने पनि सकियो । कसैले चो¥यो भने पनि सकियो । पचास हजार खोपामा राखेर दुई बर्ष  निकाल्यो भने झन पैसा मक्किएको हुन्छ ।

पुरानो भयो झुत्रिएर च्यातिएला । बैंकमा राख्नुभयो भने आठ प्रतिशत ब्याज पाइन्छ । अनि चोरीको डर भएन । चाहेको बेला एटिएमबाट पनि निकाल्न सकियो । चेक बोकेर हिडनुहोस जहाँबाट पनि पैसा निकाल्न सकिन्छ भन्ने बुझाउन सकेको खण्डमा मानिसहरु विस्तारै बैंकिङ कारोबार गर्न आउछन् ।

बैकिङ शिक्षा किन पाठयक्रममा नै समावेश हुन सकेको छैन ?
हरेक मानिसहरुले बैंकिङ भनेको के हो ? भन्ने जान्नु पर्ने आवश्यकता छ । जसरी ब्लड सर्कुलेसनले हाम्रो शरीरमा काम गर्छ । त्यसैगरी नै इकोनमी चलायमान गर्नको लागि पैसाको महत्व छ । हामी रिटेलबाट कलेक्सन गछौ । एउटा इन्ड्रष्ट्रिलाई लोन दिन्छौ ।

लोन दिएपछि त्यसले कमाउछ । रोजगारीको अवस्था सृजना गर्छ । हामीले विभिन्न कलेजहरुमा गएर बैकिङ शिक्षाको बारेमा जानकारी गराएका छौं । बैंकिङ भनेको के हो ? कसरी बचत गर्ने ? यसको फाइदा के हो भन्ने बारेमा बुझाउने गरेका छौं । अब नीति निर्माण तहमा रहेकाहरुले बैकिङ शिक्षालाई विद्यालयको पाठ्यक्रममा नै समावेश गर्नुपर्छ ।

ज्योति विकास बैंक ग्रामिण क्षेत्रमा कसरी जादैछ ?
सरकारको निर्णय अुनसार अब दुर्गम क्षेत्रमा बैंकका शाखा पुग्नु पर्छ । त्यो क्षेत्रमा जनचेतनाको अभिवृद्धि गर्ने हो भने एक बर्षभित्र ग्रामिण क्षेत्रका सै मानिसहरु बैंक मार्फत नै कारोबार गर्ने अवस्थामा आइपुग्छन । अहिले हामीले नयाँ शाखा विस्तार गरेको क्षेत्रमा बैंक भनेको के हो ? यसले के–के काम गर्छ भनेर बुझाउने काम गरेका छौं । सुरुकै दिनमा नबुझलान । तर विस्तारै बुझाउने हो भने बैंको पुहँन नभएकाहरुले खाता खोल्न तयार हुन्छ ।

सरकारले प्रत्येक स्थानीय तहमा बैंक स्थापना गर्ने भनेपनि आधाजस्तो स्थानीय तहमा पनि बैंकको शाखा विस्तार हुन सकेको छैन नि ?
बैंक तथा वित्तिय संस्था सबै भन्दा बढी कर तिर्छन । तर सरकारले राजधानी काठमाडौंमा  नै भनेजस्तो सेवा सुविधा दिन सकेको छैन् । हामीले अहिले आधुनिक बैंक चलाउने हो । हुम्ला कसैले  डिपोजिड गर्छ भने त्यो कुरा यहाँ बसेर हेर्न पाउनु प¥यो ।

पहिलो कुरा सडक चाहियो, दुर्गम ठाउँमा सदरमुकामबाट चार दिन लगाएर पैसा ल्याउनु पर्ने अवस्था छ । कम्तिमा बैंकको शाखा स्थापना हुने स्थानमा भौतिक पूर्वाधारको विकास हुनुपर्ने जरुरी छ । बैंकले बाटो खनेर शाखा खोल्न सकिदैन ।

सरकारले सडकको पहुँच, कम्तिमा बिजुलीको सुविधा र सुरक्षाको बन्दोबस्तो त गर्नु प¥यो नि । तर हामी सक्दिैना भनेर चुप लागेर पनि बस्दैनौ । बैंक भनेको व्यापार गर्न बसेका हो । सरकारको काम भौतिक पूर्वाधार निर्माण गर्नु हो हो । हाम्रो काम सेवा दिने हो ।

विकास बैंकहरु स्थानीय तहमा जानको लागि समस्या पनि छ । गाउँपालिकामा नगरपालिकामा तीस करोड रुपैयाँसम्म बजेट छ । त्यो खाता सञ्चालन गर्न पाउने निर्णय सरकारले गर्नु प¥यो नि । डिपोजिट नपाउने हो भने किन शाखा खोल्ने ?

के अब विकास बैंकहरु स्थानीय तहमा जादैनन् त  ?
राष्ट्र बैंक, कमर्सियल बैंक र  विकास बैंकमा मैले काम गरेको अनुभव छ । वास्तवमा गाउँतिर जाने हो । गाउँका मानिसहरुलाई छिटो छरितो बुझाएर काम गर्ने हो भने त्यो काम छिटो विकास बैंकले सक्छ । त्यो काम गर्न कमर्सियल बैंकहरुले सक्दैनन् ।

गाउँका मानिसहरुलाई सेवा सुविधा दिनको लागि विकास बैंकहरुले सहज छन् । नीति नियमको कारण ‘क’ वर्गको बैंक भन्ने छ । राष्ट्रियस्तरको विकास बैंक म कुनै पनि कमर्सियल बैंक भन्दा सर्भिसको दृष्टिकोणले कम छैनन् ।

हिजो कमर्सियल बैंकमा २ अर्ब पुँजी थियो अहिले २ अर्ब ५९ करोड पुँजी ज्योती विकास बैंकको छ । हाम्रो बैंकमा करिब ५ सय जना कर्मचारी छन् । म सँगै क्यापिटल पनि छ भने किन काम गर्न नपाउने ? बरु रेगुलेसनले बाधिदिए सीमाभित्र रहेर काम गछौं ।

यदी साच्चिकै गाउँघरमा छरिएर रहेका पुँजीलाई एकीकृत गर्ने हो भने विकास बैंकले सक्छ ।  विकास बैंकले पनि सरकारी खाता सञ्चालन गर्नुपर्छ भनेर कुरा उठाएका छौं । हामीले शाखा कार्यालय विस्तार गर्ने कार्यलाई भने रोकेका छैनौ । हामीले बजारलाई मात्र नभई गाउँलाई मात्र प्राथमिकता दिएर शाखा विस्तार गरिरहेका छौं ।

संघीय संरचना अनुसार तपाईहरु कसरी अगाडि जाने तयारीमा हुनुहुन्छ ?
हामीले ग्रामिण क्षेत्रलाई नै प्राथमिकता दिएर काम गरिरहेका छौं । संघीय संरचना अनुसार सात वटै प्रदेशमा कार्यालय स्थापना गरेर काम गछौं । प्रदेशस्तरमा स्थापना हुने शाखालाई अधिकार सम्पन्न बनाएर काम गछौं । हामी विस्तारै विकेन्द्रीकरण गरेर अगाडि बढने गृहकार्यमा लागेका छौं ।

नेपालमा औद्योगिकरण त भएकै छैन । यहाँको लगानी त घर र गाडीमा मात्र धेरै देखिन्छ नि ?
हामी अर्थतन्त्रप्रति आशावादी छौं  र आशावादी हुनु पनि पर्छ । प्रजातन्त्र स्थापना भएको तीन दशकको अवधिमा आर्थिक क्षेत्रमा धेरै ठूलो फडको मारिसकेको हुनु पर्दथ्यो । अब राजनीतिक स्थायित्व मात्र हुने हो भने निकै राम्रो वातावरण बन्छ । सबै नीतिको मूल नीति राजनीति ।

राजनीति थलालिङ्ग भएको बेलामा अरु नीतिले काम गरेन । राजनीतिक स्थायित्व होस । राजनीति स्थायित्व हुने वित्तिकै आर्थिक समृद्धि हुन्छ । हरेक दृष्टिकोणले नेपाल निकै राम्रो सम्भावना बोकेको देश हो । पूर्वाधार निर्माण र पर्यटनको क्षेत्रमा मात्र विकास गर्न सके पाँच बर्षमा नै देशले कोल्टे फेर्छ ।

भारत र चीनका पर्यटक मात्र नेपालाई ढेस्टिनेसन बनाएर आउने हो भने अरु धेरै चाहिदैन । पर्यटक बढने वित्तिकै आर्थिक समृद्धिको सुरु हुन्छ । इकोनमी चलायमान हुने वित्तिकै मिट गर्न सक्छ । नियमनकारी निकाय राष्ट्र बैंकको भूमिका राम्रो छ । सरकारले राम्रो नीति मात्र बनाउने हो भने बैंकहरु  हातेमालो गर्न कुरेर बसेका छन् ।

ह्याकहरुको विगविगी बढेको भनिन्छ नि ?
बैंकिङको मुख्य समस्या कर्जा र लोन भन्दा पनि ह्याकरको रिक्सलाई बढी मानिरहेका छौं । नेपालको आइटी सिस्टम सेक्रेटीको दृष्टिकोणले अलि कमजोर मानिन्छ ।  धन्न बेइमान जन्मिएका छैनन । आइटीको एक्सपोटहरु छैनन् । हामीले तीन/चार महिना सिस्टम बनाएका छौं ।

बेलाबेलामा सिस्टमा भएका समस्याहरु हटाउनु पर्छ । आइटी सिस्टम अडिट गराउनु पर्छ  । राष्ट्र बैंकले पनि हेर्नुपर्छ । आन्तरिक प्रणालीलाई राम्रो बनाउन सिस्टमको बारेमा समय समयमा चेक गर्नुपर्छ । सिस्टमलाई बलियो बनाउन सके त्यसले हामीले सहज बनाउछ । होइन भने यही कारणले ठूलो समस्या आउन सक्छ ।

अहिले बैंकको अवस्था कस्तो छ ?
ज्योति विकास बैंक आफ्नो स्थापनाको पहिलो बर्ष घाटामा थियो । दोस्रो बर्ष घाटामा त गएन तर बाँडन सक्ने अवस्थामा थिएन । तेस्रो बर्षमा आएर पाँच सात प्रतिशत बाडयो । अहिले आएर हामी आठौ बर्षमा दस प्रतिशत मात्र दिन सकेका थियौ । अबको तीन चार बर्ष धेरै आशा नगर्न आग्रह गर्दछु । किनकी पुँजी बढाउनु पर्ने अवस्था छ । बाँडेर खाने दाजुभाईहरु धेरै भए । खेत त्यही भयो । खेत बढाउनु प¥यो नि । खेत बढाउनको लागि त समय लाग्छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan