Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गण्डकी विकास बैंकले सि-आस्वा सेवा प्रदान गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १३ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १३ फागुुन । गण्डकी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधाका लागि अनलाईन मार्फत सार्वजनिक निष्कासन हुुँदा धितोपत्रमा लगानी गर्न सकिने सि आस्वा सेवा लागु गरेको छ ।

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन गर्दा अनिवार्य रुपमा सि–आस्वा प्रणाली मार्फत शेयर आवेदन गर्नु गराउने पर्ने व्यवस्था गरेको हुँदा बैंकले यस सेवाको प्रारम्भ गरेको हो । 

यो व्यवस्था लागु गरे पछि सार्वजनिक निष्कासनहरुको दरखास्त संकलन गर्ने कार्य अझ व्यवस्थित, छिटो छरितो एवं झण्झट रहित हुनेछ । यसबाट सेवाग्राहीहरुलाई सार्वजनिक निष्कासन हुुँदा धितोपत्रमा लगानी गर्न घरमै बसी बसी गर्न सकिने अवसर हुनेछ ।

सि–आस्वा सेवा प्राप्त गर्नको लागि बैंकको कुनै पनि शाखा कार्यालहरुमा गई सि–आस्वा रजिष्ट्रेसन फारम भरी सि आस्वा रजिष्ट्रेसन नम्वर प्राप्त गर्न सकिने छ ।

सि–आस्वा रजिष्ट्रेसन नम्वर प्राप्त गरी सके पश्चात लगानीकर्ताहरुले कुनै पनि स्थानमा रहेर कुनै पनि समय धितोपत्रको सार्वजनिक निष्कासनमा लगानी गर्न सक्ने छन् ।

अनलाइनमा लगानी गर्न असमर्थ हुने लगानीकर्ताहरुले यस बैंकको कुनै पनि शाखा कार्यालयहरुमा गई सि–आस्वा फाराम भरी आवेदन गरिने बरावरको रकम बैंकमा रहेको ग्राहकको खातामा नै रोक्का गराई बैंक मार्फत अनलाइन आवेदन गराउन सकिनेछ ।

अब उपरान्त जारी हुने सार्वजनिक निष्कासनमा आवेदन गर्दा अनिवार्य रुपमा सि–आस्वा मार्फत गर्नु पर्ने नेपाल धितोपत्र बोर्डको निर्देशन भएकाले सेवाग्राहीले आफ्नो नजिकको बैंकको शाखा कार्यालयबाट अनिवार्य रुपमा सि आस्वा रजिष्ट्रेसन नम्व लिन पनि आग्रह गरिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan