Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतीय अभिनेत्री श्रीदेवीको निधन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १३ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । बैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला उनको हृदयघातबाट निधन भएको हो । श्रीदेवी ५४ वर्षको उमेरमा फ्रब्रुअरी २५ शनिबार राती ११ बजे राती युएईमा हृदयघातबाट उनको निधन भएको जनाइएको छ ।

श्रीदेवीको निधन भएको पारिवारिक स्रोतलाई उदृत गर्दै भारतीय संचारमाध्यमले जनाएको छ । श्रीदेवीलाई भारतको पहिलो महिला सुपरस्टारका रुपमा लिइन्छ ।

सन् १९६३ अगष्ट १३ तारिमा भारतकोतामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन ।

उनले बाल कलाकारको रुपमा मे तेलुगु र मलयालम चलचित्रमा पनि अभिनय गरेकी थिइन् । उनले ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् । श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इन्डिया, चालवाजलगायत दर्जनौं हिट चलचित्रमा अभिनय गरेकी छिन् ।

विवाह समारोहमा भाग लिन पति बोनी कपुर र कान्छी छोरीका साथ युएई गएकी थिइन् । श्रीदेवीको निधनको खबरले भारतीय फिल्मका नायक नायिका पनि स्तब्ध भएका छन् । 

बोनी कपुरकी दोस्रो श्रीमतीकी दुई छोरी जन्हबी र खुशी दुई छोरी छन् । एजेन्सी


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan