Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसएसपी पोखरेलले देखाए सक्रियता,बैदेशिकका नाममा दलाली गर्ने ३५ को म्याद थप,दलालहरुको भागाभाग

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २३ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २३ फागुन । बैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचलस्थित श्रम कार्यालय बरिपरिबाट  ५० जना दलाललाई प्रहरीले पक्राउ गरेसँगै अन्य क्षेत्रमा सक्रिय दलालहरुको भागाभाग भएको छ ।

काठमाडौं जिल्लाको सुरक्षा जिम्मा लिए लगत्तै आक्रमकरुपमा खटिएका काठमाडौं प्रहरी परिसर प्रमुख  एसएसपी विश्वराज पोखरेलले शान्ती सुरक्षाका अलवा जनताको प्रत्यक्ष्य काममा परेका असरका बारेमा समेत चासो बढाएकाछन् ।

उनले आजमात्रै बैदेशिक रोजगार विभागका दलालहरुलाई पक्राउ गरेकाहुन् । उनको यो सक्रियतालाई आम नागरिकले प्रशंसा गरेकाछन् । श्रम नबिकरण गरी विदेशिने युवाहरुसँग चर्को शुल्क असुल्ने गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

बिमा र कल्याणकारी कोषका लागि लाग्ने शुल्कका अतिरिक्त अनलाइन भरेको शुल्कबापत एक हजारदेखि माथि लिने गरेका थिए ।

दलालहरुले सर्बसाधरणका नाममा चलाएको लुट धन्दाका बारेमा पोखरेलले एकाएक सक्रियता देखाएपछि मालपोत,नापी लगायतका क्षेत्रमा लुट मच्चाएका दलालहरुको भागाभाग भएको छ । 

एक महिनामै समालेर ट्रयाकमा

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलको सक्रियताले हुण्डी र डनवालाहरुको भागाभाग भएको छ । 

काठमाण्डौको शान्ति सुरक्षा तहसनहस बनाएर एकाएक जिम्मेबारीबाट पन्छिएका रबिन्द्र धानुकको बेथितीलाई एक महिनामै समालेर सक्रियरुपमा खटिएका पोखरेलको कमाण्डिङबाट तस्कर, हुण्डीवाला र डनहरुको भागाभाग भएको हो । पोखरेलले एक समुह तयारगरि आन्तरिकरुपमा  हुण्डीवाला र डनहरुको निगरानी बढाएसँगै हुण्डीवाला र डनहरुले राजधानीनै छाड्ने क्रम बढेको स्रोत बताउँछ ।

पछिल्लो समय ठगी धन्दाको अनुसन्धान गर्दागर्दै तीन जना हुण्डी कारोबारी पक्राउ परे । बेलायतबाट आफ्नो नामको महङ्गो उपहार दिल्ली हुँदै काठमाडौं आउन लागेको लोभमा ४६ लाख गुमाएका पवि क्षेत्री र लक्ष्मी चपाईंको घटना अनुसन्धान गर्दै जाँदा काठमाण्डौं प्रहरीले हुण्डी कारोबारीलाई समातेको हो । 

पक्राउ पर्नेहरुमा सीतापाइला बस्दै आएका जयराम कार्की, खिचापोखरीस्थित जयदुर्गा ट्रेड इन्टरनेशनलका मेनेजर कृष्णगोपाल अग्रवाल र सिन्धुपाल्चोकका मुस्कान तामाङ रहेका छन् । फेसबुकमा साथी बनेका ब्रायन नामका ब्यक्तिले पवि क्षेत्री र लक्ष्मी चापागाईलाई बेलायतबाट उपहार पठाई दिन लागेको भन्दै नेपालको नम्बर मागे ।

उनीहरुबाट नम्बर लिएको केही दिनमा नयाँ दिल्लीबाट एक ब्यक्तिले उपहार दिल्ली आईपुगेको र उक्त उपहारको दुईओटा पोकामा जनही ४० हजार पाउण्ड र गरहना समेत भएकोले कर बापतको पैसा पठाउन आग्रह गर्दै फोन गरेका थिए । उनीहरुले महङ्गो उपहारको लोभमा दिल्लीबाट फोनमा भने बमोजिम सीतापाइला बस्ने जयराम कार्कीलाई पटक-पटक गरेर ४६ लाख बुझाएका थिए । कार्की र कृष्णगोपाल अग्रवाल हुण्डी कारोबारीरहेको खुलेको छ ।

त्यस्तै नारायण अग्रवालले उक्त रकम दिल्लीमा रहेका पंकज अग्रवाललाई पठाएका थिए । नारायण अग्रवाल हाल अमेरिका रहेको बताइएको छ । पवि र लक्ष्मीले उपहारको लोभमा ५१ लाख रुपैयाँ गुमाईसकेका छन् । आईतबार खिचापोखरीस्थित नारायण अग्रवालको होलसेल पसलमा फेला परेको स्रोत नखुलेको १५ लाख ६२ हजार नगद प्रहरीले बरामद गरेको छ ।

उक्त पसलमा मेनेजरको रुपमा काम गर्ने कृष्ण गोपाल अग्रवालको मोवाइलमा हुण्डीको कारोबार खुल्ने म्यासेज रहेको बताइएको छ । पवि र लक्ष्मीले दिएको उक्त रकम जयराम कार्कीले दिल्लीको ब्यक्तिलाई पठाउन भनी सुनसरी धरानस्थायी घर भई हाल काठमाण्डौं खिचापोखरीमा जय दुर्गा ट्रेड ईन्टरनेशनल नामक कस्मेटिक होलसेल सञ्चालन गर्दै आएका नारायण अग्रवाललाई दिएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सिन्धुपाल्चोकका मुस्कान तामाङले स्रोत नखुलेको १० लाख रुपैयाँ राकेश गुप्ताले भने बमोजिम हुण्डीमार्फत विदेश पठाउन लागेका थिए ।  नेपाल लोजेस्टिक प्रालिका सञ्चालक समेत रहेका राकेश गुप्ता फरार रहेको काठमाडौं प्रहरीले जनाएको छ ।

ठगीमा समेत हुन्डीको कारोबार हुन थालेपछि महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बिश्वराज पोखरेलले अब हुन्डी करोबारीलाई ठेगान लगाउन कडाइ गर्ने भएका छन् । त्यसैगरि गत मंगलबार ठुलो परिमाणमा लागू औषध नियन्त्रणमा लिइएको छ ।

त्यसैगरि एसएसपी पोखरेलले काठमाडौंको सुरक्षा समालेको एक महिनामै सिटी सेन्टरको रविन खवास हत्याकाण्डमा संलग्न आरोपीलाई पक्राउ गरेकाछन् । घटना गत १८ गते भएको थियो । चाबहिलमा भएको छिरिङ शेर्पा हत्याकाण्डमा संलग्न विवेक तामाङलाई पनि पक्रन सफल भए ।

त्यसैगरि एक महिना अगाडि बालाजुमा भएको कुमार बर्देवा हत्याकाण्डमा संलग्न ९ आरोपीलाई कानुनी कठघरामा ल्याएकाछन् ।

उनले काठमाडौंको सुरक्षा जिम्मा लिए लगत्तै आफुले कोहि कसैसँग एक रुपिँया घुष खाए नेपाल प्रहरीको बर्दि नलगाउने घोषणा समेत गरेर चर्चामा आएका थिए । त्यसैगरि गत १२ गते नक्कली नोट कारोबार गर्ने ६ जनाको गिरोह समेत पक्राउगरेका थिए । 

यो पनि पढ्नुहोस् । लागूऔषध धन्देवालाका अनेक आइडिया ! ग्रिजको बट्टामा डुबाएर ओसार पसार (भिडियो - सहित)

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan