Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काभ्रे महोत्सव शुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २३ बुधबार | (रासस)
newsabhiyan

धुलिखेल, २३ फागुन  : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल उद्योग वाणिज्य संघले आयोजना गरेको ‘काभ्रे महोत्सव–२०७४’ को उद्घाटन गर्नुभयो ।

‘विकास, सुशासन र अग्रगमनको आधार, नेपालको आर्थिक समृद्धिको बहार’ भन्ने नाराका साथ धुलिखेल रंगशालामा आजबाट शुरु भएको महोत्सव उद्घाटन गर्दै मन्त्री यादवले अबको सरकार उद्योगधन्दाको विकासका लागि कटिबद्ध रहेको बताउनुभयो ।

उहाँले सरकार आर्थिक समृद्धिको बाटोमा जाने र देशलाई एकताबद्ध गर्ने सुशासन दिने नारासहित अघि बढेको ठोकुवा गर्दै देशको समृद्धि र विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।


कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, निर्माण सामग्री, भवन निर्माण प्रविधिलगायत सेवा र वस्तुको प्रदर्शनी गरिएको महोत्सवमा कुल १५० वटा स्टलहरू छन् ।

रु पाँच करोडको कारोबार गर्ने अपेक्षा गरिएको उक्त महोत्सव काभ्रेपलाञ्चोक लगायत काठमाडाँैं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाका गरी एक लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान आयोजकको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan