Thursday 21st of June | २०७५ असार ७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किन खोज्दैन कांग्रेसले खड्का र बास्तोलालाई ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २४ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसका पुराना र पञ्चायत कालीन समयमा प्रभावशाली भूमिकामा रहेका दुई नेता अहिले बिरामी परेर उपचार गराई रहेका छन् । एक जना कोमामा भएको दुई बर्ष बढि भइसक्यो ।

नेता खुमबहादुर खड्का जसलाई कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाले समेत विश्वास गरेर नेपालको पञ्चायत कालिन अवस्था बुझ्न आफु प्रवासमा निर्वाशनबाट फर्किनु पूर्व पठाएका थिए ।

गिरिजाप्रसाद कोइरालाले  पनि २०५१ सालको मध्यावधी निर्वाचनमा एमाले पहिलो पार्टी भएपछि टुक्रायाउन सशक्त भुमिका खेलेर कांग्रेसलाई बलियो बनाएका थिए । कांग्रेसमा कार्यकर्ताको संरक्षण गर्ने र पार्टी बचाउन सबैभन्दा ध्यान दिन्छन खड्काले । उनको निवासमा नेता कार्यकर्ताको दिनहुँ भीड हुन्थ्यो ।

आजकल शुन्य छ खड्का निवास । उनी विरामी परेको लामो समय भयो । उपचारका लागि अहिले भारतको राजधानी नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा छन् उनै खड्का,जसको सहयोगले कांग्रेसको १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएका थिए ।

देउवाले खड्कालाई उपसभापति बनाउने बाचा समेत दिएका थिए । बिरामी भएकै अवस्थामा पनि खड्का दिलोज्यान  दिएर देउवालाई जिताउन लागेका थिए । बिरामी खड्काले माक्स लगाएरै भृकुटी मण्डपमा चलिरहेको कांग्रेस महाधिवेशनमा नेता कार्यकर्ताहरुसँग भेटवार्ता गरे। सडकमै खटिए ।

अहिले आफुलाई सभापतिको कुर्सीमा पु¥याउने नेता विरामी परेर अस्पतालको बेडमा हुँदा सभापति देउवालाई कुनै मतलव छैन् । भर्खर सत्ताबाट बाहिरिएका देउवाले खड्कालाई उपचारमा कुनै समस्या प¥यो कि भनेर समेत नसोधेको पारिवारिक स्रोतको गुनासो छ ।

आफुलाई पर्दा कुनै सहयोग नगर्ने नेतालाई लाखौका विटाले स्वागत गर्ने देउवाले खड्कालाई भने अवस्था के छ भनेर सोध्न समेत नसोध्दा धेरै नेता कार्यकर्ता सभापति र सिंगो कांग्रेस नेतृत्वसंग कुद्ध भएका छन् । 

नेतृत्वमा रहेका सभापति देउवाले खड्का यति लामो समयदेखि विरामी हुँदा आर्थिक त कता हो कता रु एक विज्ञप्ति समेत प्रकाशित गरी दुःख व्यक्त गर्न सकेनन् ।

आफुलाई पर्दा पाउ मोल्ने तर, पार्टी र संगठनमा दिलो ज्यान दिन पछि नपर्ने नेतालाई पर्दा फर्केर नहेर्ने देउवाको प्रबृत्तिले धेरैको मनमा चिसो पसेको छ ।

खड्कालाई मात्र होइन, दुई बर्ष भन्दा बढि समयबाट कोमामा रहेर बोली समेत बन्द भएका नेता चक्रप्रसाद बास्तोलाको उपचारमा समेत सभापति देउवा र सिंगो कांग्रेसले वास्ता दिएको छैन् ।

यसले पनि देउवा संगठन नेता बचाउन तर्फ लाग्छन या आफ्नो पद बचाएर पैसा कमाउन तर्फ लाग्दै पार्टीलाई मसानघाटमा पु¥याउँछन भन्ने विषयमा बहस सुरु हुन लागेको छ । अभियान टाइम्स साप्ताहिकको साथमा । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan