Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एजुकेसन पार्क–स्टडि इन अस्ट्रेलिया फेयर २०१८ हुने : कार्यकारी निर्देशक पाण्डे

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २४ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ फागुन । विगत लामो समयदेखि शैक्षिक परामर्शको क्षेत्रमा कृयाशिल विज्ञहरुको सक्रियतामा सन् २०१२ मा स्थापित एजुकेसन पार्कले उच्च शिक्षा अध्ययनका लागि विभिन्न देश जानचा हने  विद्यार्थीहरुका लागि भाषा कक्षा तथा शैक्षिक परामर्श दिँदै आएको छ । काठमाडौं सुन्धारा स्थित सिभिलमलको लेभल–८ मा केन्द्रीय कार्यालय रहेको एजुकेसन पार्कले विशेषतः अष्ट्रेलिया, अमेरिका, युके, न्युजिल्यण्ड लगायतका देशमा जान चाहनेका ​लागि शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । एजुकेसन पार्कले उच्च शिक्षा अध्ययाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि यहि फाल्गुन २५ गते शुक्रबार (मार्च ९) मा “स्टडि इन अस्ट्रेलिया फेयर २०१८”को आयोजना गर्ने भएको छ । सुन्धाराको सिभिलमल लेभल–६ फुड कर्टमा बिहान १० देखि ४ बजेसम्म आयोजना हुने उक्त फेयरमा अस्ट्रेलियाका प्रतिष्ठीत २० भन्दा बढि युनिभर्सिटी तथा कलेजका उच्च अधिकारीहरुबाट प्रत्यक्ष परामर्श तथा जानकारी प्राप्त गर्न सकिने छ ।
यसै फेयरको सन्दर्भमा एजुकेसन पार्कका कार्यकारी निर्देशक विरज पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंश :–

अष्ट्रेलिया इन एजुकेशन फेयर आयोजनाको मुख्य उद्येश्य के हो ?
अस्टेलिया जानचहाने बिद्यर्थीहरुलाई एकै स्थानबाट छाटो समयमा प्रयाप्त जानकारी तथा परामर्श लिन सकुन् भन्ने नै यस फेयरको मुख्य उद्देश्यहो । फेयरमा अष्ट्रेलियाका प्रतिष्ठित २० भन्दा बढी यूनिर्भसीटी तथा कलेजका प्रतिनिधिहरुको उपस्थिती रहने छ ।

एउटा विद्यार्थीलाई एजुकेसन फेयर हुनु र नहुनुमा तात्विक भिन्नता हुन्छ ?
बिद्यार्थीहरुलाई फेयर हुनु र नहुनुमा एकदमै फरक छ किनकी एउटा बिद्यार्थी अस्टे«लिया गइसकेपछि आईपर्न सक्ने समस्या समाधान कसरी गर्ने र कलेज तथा यूनिर्भसिटीहरुले प्रदानगर्ने शिक्षाका बिषयमा प्रत्यक्ष रुपमा जानकारी पाउने हुँदा फरक त अबस्यनै भैहाल्छ ।

पछिल्लो समय उच्च शिक्षा अध्यय नगर्न विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि  एजुकेशन सेमिनार दैनिक जसो भइरहेको देखिन्छ, यसरी सेमिनारहरु बढ्नुमा कन्सलटेन्सीहरु बीचको प्रतिष्पर्धा हो या आवश्यकता ?
हैन, यो हामीले के बुझ्नु पर्छ भन्दा एउटा बिद्यार्थी अस्टे«लिया जानु भन्दा अगाडी उस्ले के कुन शैक्षिक संस्थामा अध्यान गर्ने संसगै  अष्ट्रेलियाका बिषयमा प्रयाप्त जानकारी लिनु आवश्यक छ । त्यसैले प्रतिष्पर्दा भन्दा पनि बिद्यार्थीलाई प्रयाप्त जानकारी तथा परामर्शको लागि चहि यस प्रकारका फेयर आवश्यता नै हो ।

यहाँहरुले गर्ने लाग्नु भएको एजुकेशन फेयर कति बिद्यार्थीहरुले अबलोकन गर्ने अपेक्षा गर्नु भएको छ ?
करिब सात सय भन्दा माथिको हाराहारीमा बिद्यार्थीहरुले अवलोकन गर्ने अपेक्षा राखेका छौं ।

तपाईहरुसँग २० भन्दा बढि यूनिर्भसिटी तथा कलेजका प्रतिनिधिहरुको सहभागिता हुने कुरा बताउनु भयो, यति धेरै बिद्यार्थीहरुलाई १० देखि ४ बजे भित्र परार्मशका निम्ती कत्तिको सहज होला?
एउटा राम्रो पक्ष के छ भने हामी सिभील महलमा नै गर्दै छौं फेयर हाम्रो अफ्नै अफिसमा गर्दै छौं । फेयर छैठौं तलामा हुँदैछ भने हाम्रो अफिस ८ औँ तलामा छ ।

फेयर नै हामीले विद्यार्थीले पढ्न चाहेको विषय र लेभल अनुसार सम्बन्धित प्रतिनिधिमार्फत परामर्श लिन सकिने गरि अत्यन्त सहज तरिकाले व्यवस्थापन हुन्छ । बिद्यार्थीहरुले अझ बढी परामर्श लिन चहना राख्नु भयो भने हाम्रो एक टिम अफिसमा पनि हुन्छौं, त्याहाँ पनि बुझ््न सक्नु हुने छ,त्यसैले सहज नै हुने छ ।

 फेयरमा बिद्यार्थीहरुको साथमा अभिभावक पनि सहभागि हुन् कतिको आवश्यक छ ?
हाम्रो चाहना नै बिद्यार्थीहरुले आफ्ना अभिभावकको साथमा फेयरमा सहभागि होउन भन्ने हो किनकी र्अिर्थक पाटो देखि सबै कुराको डिसिजन त अभिभावकले दिने हो, त्यसैले सकेसम्म अभिभाबक लिएर आउनु राम्रो हो ।

पछिलो समय अस्टेलीया जानचहाने बिद्यार्थीहरुको क्रेज बड्दै गहिरहेको छ, बिद्यार्थीहरुको चाहना अष्ट्रेलियामा बढी हुनुको प्रमुख कारण के के छन् ?
यस्तो छ, अष्ट्रेलियामा ४२⁄४३ वटा यूनिर्भसिटी छ, सबैले एकसे एक गुणस्तरिय शिक्षा प्रदान गरिरहेका छन् । उनीहरुको मुख्य आय स्रोत भनेकै विदेशी विद्यार्थीहरुबाट हुन्छ । र, त्यहाँको शैक्षिक वातावरण र विश्वव्यापि मान्यता, सामाजिक परिवेश, अवसर, शान्ति सुरक्षालगायत सबै अनुकुल र ब्यबस्थीत भएकाले बिद्यार्थीहरुको चाहना अष्ट्रेलियामा बढ्दै गएको हो ।

अष्ट्रेलियाजाने विद्यार्थीहरुले कुन कुन कुरामा विशेष ख्याल पु¥याउनु पर्छ ?
आँफुले अध्यान गर्न चाहेको विषय, शैक्षिक संस्था रहेको स्थान, अभिभावकको आर्थिक अवस्था, त्यहाँको नीति नियमलगायतका सम्पूर्ण बिषयमा आधारभुत जानकारी त अनिवार्य हुनै पर्छ ।

अन्त्यमा, सेमिनारका सम्बन्धमा लक्षित विद्यार्थी तथा अभिभावकहरुलाई केही भन्न चाहनु हुन्छ ?
हाम्रो फेयरमा आउनुस एक चोटी पाल्नुहोस्, छोटो समयमा एकै स्थानबाट सम्बन्धित कलेज, युनिभर्सिटीका प्रतिनिधिहरुबाट प्रयाप्त जानकारी, परामर्श प्राप्त गरि आफ्नो गन्तव्य निश्चित गर्न यस फेयरबाट अधिकतम लाभ लिनुहोस भन्न चहान्छु ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan