Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुफालमा ठूलीभेरी नगरको केन्द्र उद्घाटन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २५ शुक्रबार | rss
newsabhiyan

दुनै, डोल्पा, २५ फागुन, डोल्पाको जुफालमा नगरपालिकाको केन्द्र उद्घाटन गरिएको छ ।

बिहीबार ठूलीभेरी नगरपालिकाको स्थायी केन्द्रको रुपमा जुफालमा उद्घाटन गरिएको हो । उक्त नगरपालिकाको पहिलो नगरसभाको असार ३१ को निर्णयअनुसार बहुमतले नगरको केन्द्र दुनैबाट जुफाल सार्ने निर्णयअनुसार बिहीबार औपचारिक रुपमै नगरको केन्द्र उद्घाटन गरिएको नगर प्रमुख गणेशबहादुर शाहीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को माघ २४ को निर्णय र फागुन १६ मा राजपत्रमा प्रकाशित सूचनाअनुसार दुनैमा रहेको नगरको केन्द्र स्थायीरुपमा जुफाल–७ मा स्थापना गरिएको नगर प्रमुख शाहीले बताउनुभयो ।

संघीयताको मूल मर्मअनुसार केन्द्रीकृत विकासलाई जसरी विकेन्द्रीकृत गरिन्छ त्यसै गरी नगरका सबै जनतालाई पायक पर्नेगरी जुफालबाटै सम्पूर्ण नगरका सेवा सुविधा प्रदान गरिने भएकाले जनतालाई नझुक्किन शाहीले अनुरोध गर्नुभयो ।

केन्द्रको उद्घाटन त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख तथा नेकपा (एमाले)का वरिष्ठ नेतासमेत रहेका ओमबहादुर बुढाले गर्नुभएको थियो । नगरको उद्घाटन बाजागाजा, कलश घडासहितका नौ कन्या अगाडि लगाएर बजार परिक्रमासहित नगरको केन्द्र उद्घाटन गरिएको थियो ।

उद्घाटनलाई भव्यरुपमा सफल पार्न साविकका माझफाल गाविसका सम्पूर्ण सर्वसाधारणको समेत उपस्थिति रहेको थियो । उद्घाटन समारोहका अवसरमा नगरका ५ देखि ९ वडा सम्मका जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, सर्वसाधारण तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

दुनैवासी आन्दोलित

यसैबीच, जुफालमा नगरको केन्द्र उद्घाटन गरिरहँदा दुनैवासी भने आन्दोलनमा रहेका छन् । छलकपट गरेर नगरको केन्द्र सारेको भन्दै एकसातासम्म दुनै ठप्प पारेका सदरमुकामवासीले भने सांकेतिक आन्दोलन जारी राख्ने शर्तमा गत बुधबार भने बन्द खुलाएका थिए ।

नगरको केन्द्र किर्ते जालसाजी गरेर दुनैबाट जुफाल सारेको उनीहरुको आरोप रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan