Wednesday 20th of June | २०७५ असार ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गभर्नरलाई साँढे सातको खड्को, अब को बन्ला त गभर्नर ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २५ शुक्रबार |
newsabhiyan
newsabhiyan

न्यज अभियान, काठमाडौं, २५ फागुन । २०७१ चैत ५ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको प्रभावमा गभर्नर नियुक्त भएका डा.चिरञ्जीवी नेपाललाई एमाले सरकार साँढे सात साबित भएको छ ।

त्सयसमाथि डा.युवराज खतिवडा अर्थमन्त्री भएपछि त उनको डुलिखाने गभर्नरका जागीरमा ब्रेक लाग्न पुगेको छ । युवराज खतिवडासँग उनको पुरानो दुश्मनी छ ।

यहीकारण गभर्नरले अर्थमन्त्री बनेका युवराज खतिवडालाई बधाई पनि दिएका छैनन् । बरु पदत्याग गर्छु भनेर राजीनामा दिने निर्णयमा पुगेका छन् गभर्नर चिरञ्जीवी नेपाल ।

अब को बन्ला त गभर्नर ? राष्ट्र बैंकभित्र हल्ली खल्ली छ । यतिबेला गभर्नरको लाइनमा महाप्रसाद अधिकारी, दीपेन्द्र क्षत्री र चिन्तामणि सिवाकोटी रहेका छन् ।

खतिवडाका प्रियपात्र महाप्रसाद छन् तर प्रधानमन्त्रीसम्मको राम्रो पहुँच दीपेन्द्रबहादुर क्षेत्रीको । गभर्नर हुने दौड सुरु भइसकेको छ । हेर्नुछ, प्रधानमन्त्री केपी ओलीको आशीर्वाद कसको थाप्लोमा पर्छ ?


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan