Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संशोधन र मुद्दा फिर्ता नभए सरकारमा जानु हुँदैन : कर्ण ,फोरम सरकारमा आउँछ, राजपाको टुङ्गो छैन : पुन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २७ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,२७ फागुन ।  राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने विषयमा औपचारिक निर्णय नभएको बताएका छन् ।

नेपाली रेडियो नेटर्वकको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले प्रधानमन्त्री ओली र राजपाका शीर्ष नेताहरुबिच संविधान संशोधन र विश्वासको मत दिने विषयमा छलफल भने भएको बताए ।

विश्वासको मत दिने बारे औपचारिक रुपमा आफूलाई जानकारी नभएको भन्दै नेता कर्णले शीर्ष नेताहरुबिचच छलफल मात्रै भएको हुनसक्ने बताए ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने वा नदिने बारे पार्टीभित्र छलफलसमेत नभएको उनले बताए ।

देश विकासका लागि प्रतिपक्षमा बसेर पनि भूमिका खेल्न सकिने भन्दै कर्णले सरकारमा जानैपर्ने कुनै कारण नभएको बताएका छन् ।

देश विकासका लागि सरकारलाई दुई तिहाई वा बहुमत जे भए पनि केही फरक नपर्ने उनले बताए ।

आन्दोलनका शहीद, घाइते र जेलमा रहेका साथीहरुका कारण चुनाव जितेको स्मरण गराउँदै कर्णले मन्त्री बन्न अहिले नै खुट्टा उचाल्न उचित नहुने तर्क गरेका छन् ।

संविधान संशोधन नभएसम्म सरकारमा सहभागि हुन नहुने कुरामा आफ प्रतिबद्ध रहेको भन्दै उनले राजपाका अन्य सासंदहरुलाई पनि एजेण्डा नभुल्न आग्रह गरेका छन् ।

“संविधान संशोधन लगायतका माग पूरा नभएसम्म सरकारमा जानु हुँदैन । सरकारले चाह्यो भने सरकारले रेशम चौधरीलाई आरोपमुक्त गर्न सक्छ ।” कर्णले भने ।

फोरम सरकारमा आउँछ, राजपाको टुङ्गो छैन : पुन 

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले सरकार विस्तारको तयारी गरिरहेको बताएका छन् ।

पुनले संघीय समाजवादी फोरमलाई पनि सरकारमा सहभागि गराउने प्रयास भइरहेकाले केही ढिला भएको बताए ।

राष्ट्रपतिको निर्वाचन लगत्तै सरकार विस्तार हुने उनको भनाई छ । मन्त्रालय भागबण्डाको विवादले सरकार विस्तारमा ढिलो नभएको उनले दाबी गरे ।

“मन्त्रालय भागबण्डा टुङ्एिको छ । अब सरकारमा सहभागि हुने दलहरुको टुङ्गो लागेपछि एकसाथ विस्तार गरेर मन्त्रीमण्डललाई पूर्णता दिन्छौँ ।” पुनले भने ।

पहिलो चरणमा फोरमलाई सरकारमा सहभागि गराउने भन्दै उनले सहमति भएमा राजपालाई पनि सरकारमा ल्याउने उनले बताए ।

राजपासँग सरकामा सहभागि हुने तहसम्म छलफल नपुगेको पुनले बताएका छन् । राजपाले प्रधानमन्त्री ओली र राष्ट्रपतिमा वाम गठबन्धनकी उम्मेदवार विद्यादेवी भण्डारीलाई मतदान गर्ने भनेकाले सरकारमा जाने बाटो पनि खुल्ने बताए ।

आफूलाई जनताले मत दिएकाले मन्त्रीका लागि दाबेदार भए पनि पार्टीले जे निर्णय गर्छ त्यसलाई मान्ने पुनले बताए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan