Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विधायन समितिमा सदस्य चयन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २७ आइतबार | (रासस)
newsabhiyan

पोखरा, २७ फागुन । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले विधायन समितिमा सदस्य चयन गरेको छ ।

बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा नियमावली २०७४ को नियम १४८ बमोजिम प्रदेशसभाको कार्यप्रणालीलाई व्यवस्थित बनाउन सो समितिमा मोहनप्रसाद रेग्मी, विष्णुप्रसाद लामिछाने, आशा कोइराला, टेकबहादुर घर्ती मगर र धनमाया लामाको नाम प्रस्ताव गर्नुभएकामा सर्वसम्मत अनुमोदन गरिएको थियो ।

बैठकमा मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक सभासमक्ष प्रस्तुत गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan