Wednesday 20th of June | २०७५ असार ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डिएसपी विनोदले नै मासिक लिइ धन्दा चलाएको खुलासा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २७ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ फागुन । लामो समयदेखि ललितपुरको सातदोबाटो क्षेत्रमा प्रहरीकै संरक्षणमा खुलेआम यौनजन्य गतिविधि र जुवा अड्डा सञ्चालन हुने गरेको तथ्य सार्वजनिक भएको छ । ललितपुरका ग्वार्को, हात्तीवन, नख्खीपोटलगायत क्षेत्रमा सञ्चालित होटेल तथा गेष्टहाउसमा युवती राखेरै खुलेआम यौनधन्दा हुने गरेको छ ।

यी सबै कुराको जानकार रहेको सातदोबाटो प्रहरीका प्रमुख नै यस्ता धन्दालाई संरक्षण गर्दै आएका खुलेको छ । ग्वार्को, इमाडोल, लुभु, गोदाबारी, धापाखेल, एकान्तकुना, नख्खीपोट, खुमलटारलगायतका क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सम्हाल्वदै आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख नै यस्तो गैरकानुनी गतिवधिको संरक्षण गर्दै आएका छन् ।

ललितपुरको हात्तीवनमा रहेको टायलघर रिसोर्ट आफैंले युवती राखेर यौनधन्दा सञ्चालन गर्दै आएको छ । प्रहरीले यो रिसोर्टबाट मासिक माटो रकम बुझ्ने गरेको नाम नबताउने सर्तमा रिसोर्टमा काम गर्ने एक कर्मचारीले बताए । हात्तीवनकै हात्तवन रिसोर्टले प्रहरीलाई मोटो रकम बुझाउँछ ।

सो रकम बुझ्न सातदोबाटो प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद सिलवालका विश्वासपात्र प्रहरी हबल्दार दीपक पोखरे पुग्ने गरेको रिसोर्टका कर्मचारीले बताए । पोखरेल सातदोबाटो वृत्तबाट सादा पोसाकमा खटिने प्रहरी हुन् ।

प्रहरीले सूचना संकलनका लागि भनेर सादा पोसाकमा प्रहरी खटाउने गरेको छ । ललितपुरमा यौन अड्डा सञ्चालन हुने अर्को ठाउँ हो, चापागाउँ दोबाटोमा रहेको नमस्ते रेस्टुरेन्ट । रेस्टुरेन्टभित्र प्लाइउडले बारे र बनाइएको एक कोठा छ । सोही बन्द कोठाभित्र यौनधन्दा हुन्छ ।

स्थानीयहरुले त्यहाँ यौनधन्दा हुने गरेको भनेर पटक पटक प्रहरीको ध्यानाकर्षण गराइसकेका छन् । तर प्रहरीको कुनै पनि टोलीले त्यहाँ छापा मार्दैन । होटेल सञ्चालकले मासिक मोटो रकम बुझाएर प्रहरीका हाकिमको मुख बन्द गराउँदै आएका छन् ।

सातदोबाटो चोकका एप्पल रेस्टुरेन्ट, महालक्ष्मीस्थानको दरबार दोहरी, थमीखेलको तीनपाने दोहरीमा पनि यौनधन्दा हुन्छ । यी रेस्टुरेन्ट र दोहरी सञ्चालकले प्रहरीलाई मासिक १० देखि १५ हजारसम्म बुझाउँछन् । नक्खु खोलामा रहेको सिलौटी रिसोर्टबाट समेत प्रहरीले पैसा बुझ्ने गरेको छ ।

ललितपुरको ग्वार्कोमा रहेको बी एण्ड बी अस्पताल क्षेत्रमा सञ्चालित होटेलहरुमा पनि खुलेआम यौनधन्दा हुन्छ । बी एण्ड बी अस्पताल क्षेत्रका होटेलबाट पैसा उठाउने जिम्मा पनि एक होटेल सञ्चालकले नै लिएका छन् । ती नहुन्, जीवन महर्जन । उनले मासिक मोटो रकम सातदोबाटो वृत्तका हबल्दार पोखरेललाई बुझाउँछन् ।

प्रहरी हबल्दार पोखरेले केही रकम आफूलाई राखेर अरु सबै रकम आफ्ना हाकिम डीएसपी सिलवाललाई बुझाउँछन् । प्रहरी हबल्दार पोखरेलले नख्खीपोट क्षेत्रका सेकुवा पसलदेखि पुल हाउससम्मबाट समेत मासिक हप्ता उठाउँछन् ।

प्रहरीसँग निहुँ खोज्दा धन्दा नै चौपट हुने डर हुन्छ, ललितपुरको नख्खीपोट क्षेत्रमा सेकुवा पसल सञ्चालन गर्दै आएका एक व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा भने, अरु व्यापारी पनि बोल्ने कोही हुँदैनन् । सबैले मासिक हप्ता बुझाउँदै आएका छन्,  छलफलमा उल्लेख छ ।

डीएसपी सिलवालका विश्वासपात्र रहेका हबल्दार पोखरेलको अर्को धन्दा पनि छ, जग्गा दलालीको । उनी भीम लामा नाम गरेका एक व्यक्तिसँग जग्गा दलालीमा संलग्न छन् । लेदनदेनको विवादमा पटक पटक प्रहरीले पक्राउ गरेका भीम फुलमुन नामक सहकारीका सञ्चालक हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan