Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जुना प्रसाई र अमित विष्टको ‘माया माया’ कभर भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २८ सोमबार |
newsabhiyan
newsabhiyan

विराटनगर । पछिल्लो समय चर्चित गीतहरुलाई विभिन्न कलाकारहरुले आफनो आवाजमा कभर गीतको रुपमा बनाउने होड बाजी चलेको छ ।

आफु भन्दा अग्रज कलाकारहरुको गीतलाई आफनो आवाज मार्फत आम दर्शक तथा श्रोता माझँमा पुयाउनको लागी गायक गायिकाहरु निरन्तर रुपमा लागी परेका छन् । दर्शक श्रोतालाई गीततर्फ आकर्षित गर्न गायक गायिकाले पनि कभर भिडियोको सहारा लिन थालेका छन् ।

यस्तै, गायिका जुना प्रसाईँ र गायक अमीत विष्टले पनि  गीत ‘माया माया ‘’ को कभर भिडियोलाई आम दर्शक माझँमा ल्याएका छन् ।

क्षितिज पौडेलको ऐरेन्ज, पवल चाम्लिङ राई रेकड्रिष्ट रहेको गितलाई शिशिर श्रेष्ठले निर्देशन गरेर तयार गरिएको माया माया ‘को भिडियो आइताबार बाट सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन ।

हिन्दी र नेपाली गीतलाई मिक्स गरेर तयार पारिएको गितमा  आफुले गितको भाव र गितका सष्टाहरु प्रति केही हद सम्म भएपनि सम्मान गर्न सफल भएको गायिका जुनाले बताइन ।

‘माया माया’ गीतलाई यस अगाडि मनिला सोताङ र गायक मिलन सिंह खत्री ले गाएका थिए । साथै गीतमा शब्द वि वि विश्वकर्मा र संगित रंञ्जित गजमेर को थियो । ‘माया माया ‘’ गीतमा हिन्दी गीत “लजा गले ”को केही अंश लिइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan