Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यूएस बंगला बिमान टुक्रा टुक्रा हुने गरी यसरी दुर्घटना भयो (स्थलगत रिर्पोट तस्विर/भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २८ सोमबार | सागर श्रेष्ठ
newsabhiyan
newsabhiyan

न्यूज अभियान ,काठमाडौं, २८ फागुन । हिजो देखी काठमाडौंमा मौसमले साथ दिएको थिएन । आज पनि मध्यन्नहबाट मौसम परिवर्तन भईरहेको थियो । नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलमा एक अप्रिय घटना हुन पुग्यो ।
बंगलादेशको ढाकाबाट काठमाडौको लागि आएको यूएस बङ्ला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । 

अवतरणको क्रममा दिउँसो २ः२० मा  रनवेबाट ५०० मिटर टाढा गएर दुर्घटनामा परेको हो । १४ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

९० डिग्रि मोडिएर राजधानीको चावहिलबाट ल्याण्ड भएको बिमानमा एकै पटक आगोको मुस्लो देखिएको थियो । आगलागी नियन्त्रणमा आएको अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
धुवाँले गर्दा आगो कहाँ निभाउँने भन्ने निश्चित नहुँदा पनि उद्धारमा केही बेर अलमलिएको थियो अग्नी नियन्त्रकहरु ।  दुर्घटनाग्रस्त स्थलमा प्रधानमन्त्री,गृहमन्त्री, रक्षामन्त्री लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थििति रहेको थियो ।
अहिले सम्पूर्ण विमान उडान बन्द गरिएको छ ।
प्रधानमन्त्रीले छिटै दुर्घटनाबारे छानविन समिति बनाएर सत्य तथ्य सार्वजनिक गर्ने प्रतिवद्धता वयक्त गरेकाछन ।
बाँकी तस्विर र भिडियोमा...

For more photoes click here

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan