Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ममी म डाक्टर भएँ भनेर फोन गरेकी छोरी नेपाल आउँदा स्व. भईसकिछ, डाक्टर बनेर सेवा गर्ने सपना अधुरै (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २९ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ फागुन । यूएस बंगला बिमान दुर्घटना हुँदा २२ नेपाली सहित ४९ जनाको ज्यान गएको छ भने २२ जना घाईते भएका छन् ।

घाईते मध्ये ११ नेपाली रहेको र अधिकांशको अवस्था चिन्ताजनक छ । मृत्यु हुने २२ नेपाली मध्ये ११ जना बंगलादेशमा डाक्टर पढ्न गएका बिद्यार्थी रहेको थाहा हुन आएको छ । 

डाक्टर बनेर देशको सेवा गर्ने सोचका साथ बिदेशी भूमीमा गएका नेपाली बिद्यार्थीहरु आफ्नै घर फर्कदा आफ्नै देशको बिमानस्थलमा ज्यान गुमाउन पुगेका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा चालक दल सहित ७१ यात्रु बोकेर बंगलादेशको ढाकाबाट काठ्माण्डौं आउँदै गरेको बिमान धावन मार्गमा दुर्घटना भएको थियो ।

नामको अगाडी डाक्टर लेख्नु पर्ने ११ जना होनाहार युवा युवतीहरुलाई क्षण भरमै स्वर्गीए लेख्नु परेको पीडा आम नेपालीहरुमा छ ।

बिदेशी भूमीमा लाखौ ऋण खोजेर पढ्न पाएको सन्तान घर फर्कदा मृत्यु भएको खबरले परिवारमात्र होईन सिंगो देश शोकमा डुबेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan