Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्सेमा आज भने देखियो सुधार, मध्यान्ह १२ः१५ सम्म एक दसमलव ४२ अंकको बृद्धि

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २९ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ फागुुन । आज मंगलबार भने नेप्सेमा सुधार देखिएको छ । आज मध्यान्ह १२ः१५ बजेसम्म नेप्से एक दसमलव ४२ अंकले बढेको छ भने सेन्सिटिभ शुन्य दसमलव ३८ अंकले बढेको छ ।

यसबिचमा कुुल ७९ कम्पनीहरुको चार सय ६९ वटा कारोवारमा ६३ हजार सात सय ९७ कित्ता सेयरख खरिद बिक्री हुंदा दुुई करोड ६० लाख ६३ हजार छ सय ५८ रुपैयाँको कारोवार भएको छ ।

यसबिचमा आट वटा समुहको कारोवार भएकोमा बाँणिज्य बैंक, फाईनान्स र अन्य समुहको सुचक बढेर होटल, बिकास बैंक, जलबिद्युुत, बीमा र लघुबित्त समुहको सुचक घटेकाछन । 

मध्यान्हसम्म श्री इन्भेष्टमेन्ट फाईनान्सको सेयर मुल्य पाँच रुपैयाँ ३६ पैसाले बढेर दुुई सय ३६ रुपैयाँमा सेयर किनबेच भएको छ भने साँग्रिला डेभलपमेन्ट बैंकको सेयर मुल्य पाँच रुपैयाँ ४६ पैसाले घटेर एक सय ७३ रुपैयाँमा सेयर कारोवार भएको छ ।

यसबिचमा नबिल बैंकको संस्थापक सेयरतर्फ आठ सय २४ रुपैयाँ अन्तिम मुल्यमा ३० लाख १८ हजार एक सय ३६ रुपैयाँको सेयर कारोवार भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan