Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सर्वोच्च अदालतमा चरम अराजकता ! आज पनि न्यायाधीशहरुले छाडे इजलास

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २९ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,२९ फागुन । संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार पाएको सर्वोच्च अदालतभित्रै चरम अराजकता देखिएको छ ।

यो पनि पढ्नुहोस् । 'प्रधानन्यायाधीश पराजुलीलाई न्यायाधीशकै धक्का'

सर्वोच्च अदालतमा सोमबार डा. गोविन्द केसी र कान्तिपुर पब्लिकेशन प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियासमेतको अदालतको मानहानी सम्बन्धी मुद्दाको बृहत पूर्ण इजलासमा न्यायाधीश चोलेन्द्र शमशेर जवराले प्रधानन्यायाधीश गोपाल पराजुलीको गत साउन २१ गते नै अवकास प्राप्त भइसकेको भन्दै सोमबारको सुनुवाईका लागि तोकिएका मुद्दाहरु नैतिक र कानुनी दृष्टिले हेर्न नमिल्ने भन्दै इजलास वहिष्कार गरेपछि सर्वोच्च अदालतमा अराजकता देखिएको हो ।

न्यायाधीश जवराले प्रधानन्यायाधीश पराजुलीको उमेरको बारेमा आइतबारसम्म पनि कुनै प्रश्न उठाएका थिएनन् । सोमबार एकाएक न्यायाधीश जवराले प्रधानन्यायाधीश पराजुली गत साउन २१ गते नै अवकास भैसकेको बताएपछि इजलास नै स्थगित हुन पुगेको छ ।

न्यायाधीश राणाले प्रधानन्यायाधीश पराजुलीले एसएलसीको चारित्रिक प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिलाई नै स्वीकार गर्नुपर्नेमा नगरी न्यायापरिषद्बाट भएको भनिएको उमेरसम्बन्धी निर्णयको आधारले मात्र पदमा बहाल रहेको भनी पदीय जिम्मेवारी बहन गर्नु प्रधानन्यायाधीशको पदको गरिमामा आँच पु¥याउँछ भनेका छन् ।

ती दुई मुद्दाको छिनोफानो बृहत पूर्ण इजलासबाट गर्ने भन्ने निर्णय भैसकेपछि प्रधानन्यायाधीश पराजुलीको उमेरको बारेमा बृहत पूर्ण इजलासमा बस्ने न्यायाधीशबीच नै एकमत भएर मात्र उक्त इजलास तोकिनुपर्नेमा त्यसो नगरिँदा सर्वोच्चमा अराजकता मच्चिएको छ ।

अब सर्वोच्चभित्र प्रधानन्यायाधीश पराजुलीलाई राजीनामा गर्न बाध्य पार्ने वा न्यायाधीश जवरालाई कारबाही गर्ने भन्ने भन्ने बारेमा पनि बहस हुने देखिएको छ । कानुनको ब्याख्या गर्ने सर्वोच्च निकायभित्र विवाद छताछुल्ल भएपछि थप अन्यौलता उत्पन्न भएको छ ।

यसै बिच आज पनि न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद प्याकुरेल, अनिलकुमार सिन्हा, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले इजलास बस्न अस्वीकार गरेका हुन् । सर्वोच्चमा देखिएको यो विवादले नयाँ मोड लिने देखिन्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan