Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एमाले र माके , कम्युनिष्ट र वामको खोल ओढेका अवसरवादी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २९ मंगलबार |
newsabhiyan

काठमाडौं, २९ फागुन । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले एमाले र माके कम्युनिष्ट र वामको खोल ओढेका अवसरवादी गद्दारहरु भएको ठोकुवा गरेका छन ।

नेकपा (क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगको ३ नं. प्रदेशको युवा जागरण तथा प्रशिक्षण कार्यक्रमको मकवानपुरमा उद्घाटन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।

महासचिव किरणले नेपालमा कम्युनिष्ट तथा वाम जनमत ठूलो रहेकोले त्यसलाई भ्रमित तुल्याएर आफ्नो स्वार्थसिद्ध गर्न कम्युनिष्ट वा वाम भएको उनीहरुले नौटंकी गरिरहेको पनि बताए .।

उनले मुलुकमा नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने उद्घोषका भएको महान जनयुद्धमाथि गम्भीर धोका र गद्दारी गरेर भूतपूर्व कमरेडहरु पुरानै पश्चगामी संसदीय व्यवस्थाको मतियार बनेर जनयुद्धकालमा ‘गद्दार संशोधनवादी, प्रतिक्रियावादी एमाले गुट’ भन्ने प्रचण्डहरु अहिले लाजै नमानी एमालेमा विलय हुन पुगेको पनि टिप्पणी गरे ।

माकेको एमालेकरणलाई विडम्बनायुक्त परिघटना भन्दै महासचिव किरणले “साम्राज्यवादको डलरमा बिकेका र विस्तारवादको चाकडी गर्नेहरुले, नवउदारवादलाई स्वीकार गर्नेवालाहरुले र देशभित्र दलाल पुँजीपति, नोकरशाह पुँजीपति र सामन्तवर्गको प्रतिनिधित्व गर्नेहरुले नेपाली समाजको आर्थिक सामाजिक रुपान्तरण गर्न सक्दैनन् । ”

भन्दै , “अहिलको समय भनेको क्रान्तिको महान सम्भावना बोकेको समय हो । चुनौतीहरुको सामना गर्दै जनयुद्धको ओझ र गरिमालाई गहिरोगरी आत्मसात गर्न जरुरी छ र क्रान्तिको नयाँ शिराबाट तयारी थाल्नुपर्दछ ।”

पुरानो राज्यसत्तालाई ध्वंश गरेर नयाँ राज्यसत्ता स्थापना गर्नु नै क्रान्ति हो भन्दै उहाँले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु एमाले माकेहरुबाट समाधान हुन नसक्ने दावी गरे । उनले प्रश्न गरे , “छपकैयालगायतका स्थानमा भारतीय विस्तारवादले सीमा मिच्दा चुइक्क नबोल्नेले राष्ट्रिय स्वाधीनताको रक्षा गर्छन् ? झण्डै एक करोड नेपाली विदेशिएका छन् । रोजगार दिन सक्छन् ? आयातलाई प्रतिस्थापन गर्न सक्छन् ? देशलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन सक्छन् ? सक्दैनन् ? प्रधानमन्त्री नहुँदै मोदीसँगको मन्त्रणा, कानेसुखी, स्वराजसँग गरेको कुराहरु के हो ?”

देशमा आर्थिक समृद्धि र स्थायित्वको विकास गर्न महासचिव किरणले ‘भारतसँग गरिएका सन् पचास लगायतका असमान सन्धिसम्झौताहरु खारेज गर्नुपर्छ । मिचिएका भूभागलाई फिर्ता गर्नुपर्छ । विशाल जलविद्युत आयोजनाहरु विदेशीहरुबाट फिर्ता गरेर स्वदेशी लगानीमा बनाइनु पर्दछ ।

किसानहरुलाई अनुदान दिनुपर्छ । देशमा स्वाधीन अर्थतन्त्रको विकास गर्नुपर्छ ।’ भन्नुभयो, “उनीहरुले यो सबै काम गर्न सक्दैनन्, गर्दैनन् । सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले यो कुरा जनताको बीचमा पु¥याउनु पर्छ । र, जनतालाई संगठित रुपमा आन्दोलित तुल्याउनु पर्दछ ।”

एक अर्को प्रसंगमा महासचिव किरणले भने , “संघर्षको प्रक्रियामा नै एकता र ध्रुवीकरण हुँदै जान्छ । विना संघर्ष एकता हुनेवाला छैन । अब हामीले जुझारु संघर्षको विकास गर्नुपर्दछ । नयाँ क्रान्तिको तयारी गर्न युवाहरुले भूमिका खेल्नुपर्छ । क्रान्तिका लागि सशस्त्र संघर्षको भूमिका आवश्यक पर्छ ।”

उनले क्रान्तिकारी युवाहरुलाई क्रान्तिका निम्ति सिद्धान्त, संगठन, अनुशासन र जनतासँग एकाकार भएर अगाडि बढ्न पनि निर्देशन दिए , ‘कम्युनिष्ट र वाम खोल ओढेका अवसरवादी गद्दारहरुलाई नाङ्गेझार पार्दै नयाँ क्रान्तिका लागि कस्सिनुस्’  ।

कार्यक्रमलाई पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीस, पिविएम तथा ३ नंं. प्रदेश सचिव दिनेश शर्मा सागरलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan