Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दिलिप रेग्मीको मौलिक रत्यौली गीत 'भुरुरु उडेको चरी' (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २९ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाण्डौ । झझल्को डिजिटलको प्रस्तुतिमा पर्वतको नाग्लिबाङगका को मौलिक रत्यौली गीत विवाहमा दुलाहा दुलहीको घरमा गएको अवस्थामा नेपाली दिदि बहिनी, आमाहरु भेला भएर गाउने मौलिक भाकालाई गीतको माध्यमबाट समेटेर गायक दिलिप रेग्मी र सुनिता सुनारको सुमधुर आवाजमा सजिएको निकै मार्मिक रत्यौली गीत “भुरुरु उडेको चरी” बजारमा आएको छ ।

जिवन भोगाइको पिडालाई आपसी रुपमा रमाइलो पारामा ठट्यौली भाकामा रत्यौतिमा गाउने परम्परा हाल सम्मपनि नेपाली समाजमा रहेको छ । नेपाली समाजमा रहेको परम्परालाई जिवन्त राख्नको लागी भएपनि आफुले लोक पारखी मनका लागी रत्यौली भाकाको गीत बजारमा ल्याएको गायक दिलिपले बताए ।

प्रविन खत्रीको शब्द सृजनामा सुसजित गीतमा संगीत भने दिलिप रेग्मीको रहेको छ । दिलिप रेग्मी को निर्देशन र मनोज चौहानको छायांकन रहेको उक्त गीतमा अभिनय भने चर्चित मोडलहरु विमल अधिकारी , रिचा थापा मनिस पौडेल र स्वस्थिका खड्काले अभिनय गरेका हुन् । भिडियोको सम्पादन भने रमेश विकले गरेका हुन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan