Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राप्रपा प्रजातान्त्रिकमा वैचारिक स्पष्टताको माग

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २९ मंगलबार |
newsabhiyan

काठमाडौं, २९ फागुन । राप्रपा (प्रजातान्त्रिक) मा सैद्धान्तिक धारको बहसले सघनता पाउन थालेको छ । संघीय संसद र प्रदेश सभा निर्वाचनयताको छलफलहरुमा पार्टीले वैचारिक आधार किटान गर्नु पर्ने माग र सुझावहरु प्राप्त हुन थालेको छ ।

यसै सन्दर्भमा पछिल्लो समय ६ नं प्रदेशले संवैधानिक राजतन्त्रवा गणतन्त्र भन्ने सवालमा पार्टीले संस्थागत रुपमा वैचारिक धरातल स्पष्टगर्नु मागपत्र नेतृत्व समक्ष बुझाएको छ ।

६ नं प्रदेशको सुर्खेतमा सम्पन्न प्रदेश स्तरीय सम्मेलनले पार्टी हितको निम्तिसुस्पष्ट सैद्धान्तिक आधारको आवश्यकता औंल्याएको थियो । सोही सर्वसम्मत निर्णयको लिखित जानकारी अध्यक्ष पशुपतिशमशेर जबरा र केन्द्रीय सचिवालयमा पेश भइसेकेको छ ।

प्रदेश संयोजक दीपबहादुर शाहीको अध्यक्षतामा सम्पन्न प्रदेशस्तरीय सम्मलेनमा त्यस क्षेत्रका केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्षहरु तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । युवा नेता धनसुर शाहीका अनुसार, सम्मेलनमा ६ नं प्रदेशका १० मध्ये नौं जिल्लाको सहभागिता थियो, सात जिल्लाका त जिल्ला अध्यक्षहरु नै उपस्थित थिए ।

यसको अतिरिक्त ७४ जना केन्द्रीय सदस्यहरुले वैचारिक स्पष्टताको मागगर्दै अनुरोध पत्रपार्टी अध्यक्षलाई यस अघि नै बुझाइ सकेका छन् । संयुक्त ज्ञापनपत्र बुझाउने नयाँ पुस्तामा पार्टीका उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सह–महामन्त्री, सहायक महामन्त्री, पूर्वमन्त्री, पूर्वसांसद लगायतको सहभागिता छ ।

जनतामा स्थापित हुन स्पष्ट सैद्धान्तिक अडान उपयुक्तहुने पार्टीमा जारी बहसलाई सो समूहले उजागर गरेको छ । निर्वाचन समीक्षा, वैचारिक स्पष्टता, सांगठानिक सुदृढीकरणका लागि केन्द्रीय समितिको बैठकको समेत मागगरिएको छ ।

दोस्रो तहको एकता प्रयास
यसैबीच तीन पार्टीमा विभाजित राप्रपाहरुलाई एक स्थान उभ्याउन दोस्रो पूस्ताका नेताहरुले पार्टी एकताको छलफललाई सघनता दिएका छन् । तीनै पार्टीका अध्यक्षलगायत शीर्षस्थपंक्ति समक्ष यस किसीमको प्रस्तावहरु यस अघि नै प्रस्तुत भइसकेको छ ।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सार्वजनिक रुपमै पार्टी एकताको आह्वान गरेका छन् । महाधिवेशनसम्म अध्यक्षमण्डलको अवधारणा अवलम्बन गर्ने, त्यस पश्चात सामूहिक नेतृत्वको मोडलमा जाने भन्ने छलफल जारी छ । संस्थापक अध्यक्ष चन्दले कार्यकारी पद नचाहिने अभिभावकको भूमिका स्वीकार्य हुने बताएका छन् ।

जिल्ला जिल्लाबाट पार्टी एकताका लागि दवाब भए अनुरुप दोस्रो तहका नेताहरु यस क्रममा छलफलमा जुटेका छन् । तीन राप्रपा एक नभए कार्यकर्ताहरु देशव्यापी रुपमा पयाय नहुने संभावना व्याप्त छ ।

यही यथार्थ बुझेर बुद्धिमान तामाङ, दिलनाथ गिरी, केशर बहादुर विष्ट, जयन्तचन्द, हरीबहादुर बस्नेत, रामकुमार सुब्बा, धवल शमशेर, बिष्णु भट्टराईलगायतको सक्रियता बढेको छ । पार्टी एकताको आधार गत वर्षको एकता अधिवेशनलाई मान्ने संकेत छ जसमा ंसंवैधानिक राजसंस्था र हिन्दू राष्ट्रमा सहमति कायम भएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan