Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेप्से सामान्य अंकले बढ्यो, कारोवार रकम भने घट्यो (तालिका सहित)

कसले कमायो–कसले गुमायो ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २९ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ फागुुन । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से बढेपनि कारोवार रकम भने घटेको छ । नेप्से आज चार दसमलव ८९ अंकले बढेर १२ सय ८१ दसमलव ९० अंकमा पुुगेको छ भने सेन्सिटिभ एक दसमलव तीन अंंकले बढेर दुुई सय ७२ दसमलव ७७ अंकमा पुुगेको छ ।

एक सय ५६ कम्पनीहरुको तीन हजार एक सय १७ वटा कारोवारमा पाँच लाख ५५ हजार सात सय २२ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम २३ करोड ७० लाख ३० हजार तीन सय ८७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज नौ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको कारोवार बढेर तीन वटा समुहको कारोवार सुचक घटेकाछन । बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ७१ अंकले बढेर ११ सय ३९ दसमलव ११ अंकमा पुुगेकोमा १० करोड सात लाख ८९ हजार रुपैयाँ पुुगेको छ ।

होटल समुहको सुचक ६१ दसमलव ५४ अंकले बढेर १८ सय ७० दसमलव ५४ अंकमा कायम रहेकोमा ६५ लाख ९५ हजार दुुई सय १० रुपैयाँको सेयर कारोवार भएको छ ।

बिकास बैंक समुहको सुचक एक दसमलव ४५ अंकले बढेर १५ सय दसमलव ५० अंकमा पुुगेकोमा एक करोड एक लाख ८८ हजार चार सय रुपैयाँको सेयर कारोवार भएको छ । जलबिद्युुत, फाईनान्स र अन्य समुहको सुचक पनि आज बढेकाछन ।

बीमा समुहको सुचक भने आज १० दसमलव ६८ अंकले घटेर छ हजार दुुई सय सात दसमलव ८८ अंकमा कायम रहेकोमा पाँच करोड ४९ लाख ७७ हजार सात सय रुपैयाँको सेयर कारोवार भएको छ । यसैगरी उत्पादनमुुलक र लघुबित्त समुहको सुचक पनि आज घटेका छन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको श्री इन्भेष्टमेन्ट फाईनान्स परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा अरुण फाईनान्स परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अग्रसस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको मुल्य बढेको मुल्य
श्री इन्भेष्टमेन्ट फाईनान्स    २४०  ७.१४
सोल्टी होटल लिमिटेड      २५० ५.४९
वोमी माईक्रो फाईनान्स      १४५६ ४.३७
 ङादी ग्रुुप पावर लिमिटेड    २०४  ४.०८
५  गुुराँस लाईफ इन्स्योरेन्स     ७५३ ४.०१

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा) 

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
१  अरुण फाईनान्स      १३८  ४.८२
२  एभरेष्ट इन्स्योरेन्स कम्पनी    १२५०   ४.६१
लक्ष्मी भ्यालुु फण्ड १       ११.१० ३.४७
प्रिमियर इन्स्योरेन्स कम्पनी      १०२८ ३.४७
५  कावेली बिकास बैंक       २७५ ३.१६

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी   २२१६३०३९ १७२०
२  नबिल बैंक      १५२४१३६५ १०३०
३  युनिलिभ नेपाल लिमिटेड   १३१३१३६०  २६२००
४  एभरेष्ट बैंक      ११३४४२१२ ७३५
नागरिक लगानी कोष     ७९६००४४ ३०००

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan