Friday 14th of December | २०७५ मङ्सिर २८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्यायाधीश चोलेन्द्रमाथि पनि अवहेलना मुद्दा !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २९ मंगलबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २९ फागुन । पहिलो दिन पूर्ण इजलासमा बस्ने, दोस्रो दिन, सोमवार बहिष्कार गरेर प्रधानन्यायाधीशको कुनै पनि बेञ्चमा नबस्ने र उनी साउनमै अवकाश भइसकेका भनेर दिएको अभिव्यक्तिप्रति आक्रोसित प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले न्यायाधीश चोलेन्द्र शमशेर राणामाथि अवहेलना मुद्दा लगाउने निर्णयमा पुगेका छन् ।

न्यायाधीश राणाले टिप्पणी लेखेर बहिष्कार गरेको टिप्पणीलाई नै अवहेलना मुद्दाको प्रमाण मानिएको छ ।पराजुलीले प्रधानन्यायाधीशमाथि चोलेन्द्र शमशेर राणाले आचरण, क्षमता, नैतिकताको प्रश्न उठाएका छन् ।

प्रश्न के पनि छ भने आइतवार बस्ने र रातारात के भयो र न्यायाधीश चोलेन्द्रले यसरी विद्रोह गर्नुप¥यो ? यो विषयलाई आर्थिक चलखेलको आशंकाको दृष्टिले पनि हेरिएको छ ।

सर्वोच्च अदालतको कान्तिपुर डा.गोविन्द केसीविरुद्धको अवहेलना मुद्दाले यू टर्न लिएको छ र सबैको प्रहार प्रधानन्यायधीशमाथि परेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan