Wednesday 20th of June | २०७५ असार ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सार्क महासचिव सियालद्वारा समवेदना

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २९ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, २९ फागुन । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद हुसेन बी सियालले सोमबार काठमाडौँमा भएको युएस–बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

महासचिवले सार्क सचिवालयका तर्फबाट नेपाल र बंगलादेशका परराष्ट्र सचिवलाई आज बेग्लाबेग्लै समवेदना सन्देश पठाउँदै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

बंगलादेशको ढाकाबाट काठमाडौँका लागि उडेको युएस–बंगला विमान सोमबार अपराह्न अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा नेपाली र बंगलादेशी नागरिक गरी ५१ जनाको मृत्यु भएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan