Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'ओलीका अर्थमन्त्रीले ज्वाईलाई मन्त्रालय ताने'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २९ मंगलबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २९ फागुन । ओलीका होनहार ठानिएका अर्थमन्त्री युवराज खतिवडाले राष्ट्र बैंकमा कार्यरत ज्वाई डा.रामशरण खरेललाई मन्त्रालय तानेका छन् ।

अर्थमन्त्रीका ज्वाई नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका उपनिर्देशक पदमा कार्यरत थिए । अब अर्थमन्त्रीका विशेष सहयोगीका रुपमा अर्थमन्त्रालय हाजिर भएका छन् ।

आफन्त नभएसम्म काम गर्न ओलीका यी होनहार अर्थमन्त्री युवराज खतिवडालाई पनि गाह्रै पर्ने देखियो ।

युवराज खतिवडा गभर्नर भएका बेलामा आफ्ना यिनै ज्वाईलाई कनिष्ठ भए पनि अन्तर्राष्ट्रिय मुद्दा कोषको आकर्षक तलव पाइने स्थानमा पठाएका थिए ।

पूर्व प्रधानमन्त्रीले सालालाई र अर्थमन्त्रीले ज्वाइलाई काखी च्यापेर चल्नुपर्ने स्थिति देखेपछि अरु मन्त्रीले पनि त त्यसै गर्ने होलान् ?

भ्रष्टाचारीलाई टपक्क टिपेर फाल्छु भन्ने प्रधानमन्त्री ओलीजी, यो चाहिं भ्रष्टाचार होइन हगी ?


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan