Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रक्षामन्त्री पोखरेलसँग राजदूत पुरीको भेट

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २९ मंगलबार | रासस
newsabhiyan

काठमाडौँ, २९ फागुन। रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालस्थित भारतीय राजदूत मञ्जीवसिंह पुरीले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आज भएको भेटमा मन्त्री पोखरेलले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको र यस प्रकारको सम्बन्ध दुवै देशका सरकार र जनताबीच मात्र नभई प्रकृति प्रदत्तरुपमा नै विकास हुँदै गएको बताउनुभयो ।

नेपाली सेनाको क्षमताको विकासका लागि भारत सरकारले पु¥याउँदै आएको सहयोग र सद्भावप्रति आभार प्रकट गर्दै उहाँले आगामी दिनमा पनि निरन्तर सुमधुर सम्बन्ध रहने अपेक्षा राख्नुभयो ।

राजदूत पुरीले नेपाल–भारतबीचको सम्बन्ध घनिष्ठ रहेको र दुवै देशबीच सामाजिक तथा सांस्कृतिकरुपमा पनि मजबुत रहेको चर्चा गर्नुभयो ।

राजदूत पुरीले नेपाली सेनाले सुरक्षाको क्षेत्रमा पु¥याएको अन्तर्राष्ट्रिय योगदानको सराहना गर्दै नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि तालीम, उपकरण र अन्य विभिन्न क्षेत्रमा सहयोग निरन्तर रहने बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan