Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्राफिकलाई रु ५०० घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २९ मंगलबार | रासस
newsabhiyan

काठमाडौँ, २९ फागुन : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले सिंहदरबार चोकमा ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा सवारी नियम उलंघन गरेबापत चिट लिन नमानी मिलाइदिनुहोस् भनी रु ५०० घुस दिन लाग्दा सर्लाही घर भई भक्तपुर बस्ने भुवन मोक्तानलाई आज दिउँसो पक्राउ गरेको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले घुस दिने र लिने दुवैलाई कारबाही गरिने जानकारी दिनुभयो । पक्राउ परेका मोक्तानलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाएको महाशाखाले जनाएको छ ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan