Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘बन्दी डे कियर’ भवनको उद्घाटन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २९ मंगलबार | (रासस)
newsabhiyan

काँकडभिट्टा, २९ फागुन  : कारागार जीवन बिताइरहेका अभिभावकका सन्तानलाई रेखदेख गर्ने उद्देश्यले भद्रपुर नगरपालिका–९ डाँगीबारीमा ‘बन्दी डे कियर’ भवन निर्माण भएको छ ।

बन्दी सहायता केन्द्र नेपालले रु १५ लाखभन्दा बढीको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोम पोर्तेले आज सो भवनको उद्घाटन गर्दै कारागार जीवन बिताइरहेका अभिभावकका सन्तानलाई रेखदेख र नैतिक शिक्षा प्रदान गर्ने उद्देश्यले भवन निर्माण गर्नु प्रंशसनीय कार्य भएको बताउनुभयो ।

झापा कारागारमा कैदी जीवन बिताइरहेका अभिभावका छोराछोरी र अनाथ असहाय अशक्त अवस्थामा रहेका पाँच वर्ष मुनिका १० भन्दाबढी बालबालिलाई सो भवनमा राखेर नैतिक शिक्षा प्रदान गर्ने बन्दी सहायता केन्द्र नेपालकी केन्द्रीय अध्यक्ष इन्दिरा रानाले बताउनुभयो ।

यसअघि नै झापामा सो संस्थाले जुनकिरी असहाय केन्द्र खोलेर झापाको बुट्टाबारी र खुदुनाबारीमा सेवा प्रदान गर्दै आएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan