Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माटोको ढिस्कोमा पुरिएर तीन घाइते, दुईको अवस्था गम्भीर

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २९ मंगलबार | (रासस)
newsabhiyan

बैतडी, २९ फागुन : माटोको ढिस्कोले पुरिएर बैतडीमा आज तीन जना मजदुर घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा दशरथचन्द नगरपालिका– १ श्रीखण्डका ५२ वर्षीय मानप्रसाद भट्ट, ३५ वर्षीय गोविन्दप्रसाद भट्ट र ३५ वर्षीय गणेशदत्त भट्ट रहेका छन् ।

घाइतेमध्ये मानप्रसाद र गोविन्दको अवस्था गम्भीर रहेको प्रहरीचौकी गुरुखोलाका प्रहरी सहायक निरीक्षक जयसिंह भाटले जानकारी दिनुभयो । मानप्रसाद भट्टको हात र मुखमा गम्भीर चोट लागेको छ भने गोविन्दप्रसाद भट्टको ढाड र पेटमा चोट लागेको छ ।

गम्भीर घाइते दुवै जनालाई उपचारका लागि भारतको पिथौरागढ लगिएको छ भने गणेशदत्त भट्टको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ श्रीखण्डमा ढुंगा निकाल्ने क्रममा आज दिउँसो १ः०० बजे एक्कासी माथिबाट खसेको माटो ढिस्कोमा पुरिएर उनीहरु घाइते भएका हुन् ।

माटोको ढिस्कोमा पुरिएका घाइतेलाई प्रहरीचौकी गुरुखोलाबाट ग्रामीण गस्तीमा गएका प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । गोविन्दप्रसाद भट्टको घर निर्माणका लागि उनीहरु ढुंगा निकालिरहेका बताइएको छ ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan